पुलिस र मछिन्द्रले अंक बाडे

२ मंसिर २०७५, आईतवार

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार भएको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेका हुन् । लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको […]

गोली  प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर २०७५, आईतवार

   रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या […]

छुट्टाछुट्टै घटनामा चारको मृत्यु

२ मंसिर २०७५, आईतवार

भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख […]

‘ए’ डिभिजन लिग : दुई ललितपुरे क्लबबीच भीडन्त

२ मंसिर २०७५, आईतवार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी […]

संघियताको कार्यन्वयन हामीले पहिला गरेर देखायौं : मेयर जीसी

१ मंसिर २०७५, शनिबार

  पोखरा , पोखरा महानगरपालिकाका मेयर मानबहादूर जीसीले पोखरा महानगरपालिका  संघियताको कार्यन्वयन गर्ने पहिलो महानगर बनेको दाबी गरेका छन ।शूक्रबार पोखराका क्रियाशिल पत्रकार महिलाहरु संगको भेटमा उनले पोखराका ३३ वटै वडालाई प्रतिनिधि निर्बाचित भएर आएपछि अधिकार प्रत्यायोजन गरिएको बताए।  योजना सम्झौता वडास्तरमै हून्छन्,राजस्व संकलन तथा हजार बर्गफिटसम्मका घरको नक्सापास वडा कार्यलय बाटै हून्छ भन्दै उनले […]

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल

३० कार्तिक २०७५, शुक्रबार

  पर्सा,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा […]

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

३० कार्तिक २०७५, शुक्रबार

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिनुभयो । “भोलि बिहान बिहान ९ बजे […]

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

३० कार्तिक २०७५, शुक्रबार

–कुमार चौलागाई चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि […]

इपिएललाई आइसिसीको मान्यता

३० कार्तिक २०७५, शुक्रबार

आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ । “अमेरिकी डलरको भाउ बढेका कारणले […]

सन्दीप दिल्लीमै रहने

३० कार्तिक २०७५, शुक्रबार

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई रु […]