बिमोचन

कुञ्ज थापा म पुस्तक बिमोचन गर्न चाहन्छु एउटा कबिको हातबाट तर त्यस समारोहमा मेरा मुख्य अतिथि दौरा सुरुवालमा होईन कोरा कमेज र ढाका टोपिमा होईन, खुकुरी र तरबार भिरेर गोरखाली ह्याट सिउरेर केबल फौजी लिवासमा मेरा दुई पुस्तक बिमोचन गरि दिनु हुने छ जसमा एउटामा जनबादको कथा छ अर्कोमा धनबादको गाथा छ।   अश्मिता र राष्ट्रीयता राष्ट्र भित्रै हराएको ब्यथा छ घुँयत्रो धनुष र साहसले रक्षा गरेको चार किल्ला उखेलिएको कथा छ साँझ बिहान साँधमा धाबा बोलिएको पिडा छ।   भरुवा बन्दुक भिरेर ब्याधा गाउँ शहर घुमि रहेको अबस्था छ रातभर मृगबास र गुँड खोजि रहेछ साँझ बास बस्न नपाउँदै छर्रा र एल जि खानु परेको छ। सिकारी मृग साबका टुक्रा टुक्रा पारी बिच बजारमा भाउ लगाउँदै छ कालिज र मुनाल छोप्ने दाउ लगाउँदै छ।   आचार संहिता र भ्रष्टाचार बागमतीसंगै पखालिएको छ पापसंगै मिसिएर बिष्णुमती आफै दुषित भै रहेछ । यस्तो संगिन बिषय बस्तु समेटिएको मेरो किताबको रीबन तपाँईको रंगिन तरबारले काट्नु पर्ने छ।   फेरि यो देशमा राष्ट्रीयता राष्ट्र गौरब र साँस्कृतिक एकताको बिगुल फुक्नु पर्ने छ भ्रष्ट आचार निर्मुल पारेर बागमतीमा निर्मल जल   अबिरल बगाउनु पर्ने छ।   जनबाद र धनबादलाई एउटै रथका दुई पाँग्रा बनाएर युद्द मैदानमा कुदाउनु पर्ने छ संघर्षमा घर्सि घर्षि आहत बनेका योद्दाहरुलाई मलहम लगाई पुनर्जिवन दिनु पर्ने छ। कबितामा कोरिएको राष्ट्र भावलाई मुर्त रुपमा बदली फेरि उचाल्नु पर्ने छ देशलाई तीन बित्ता उचाली।

बिपी कोइरालाले प्रतिवादन गरेको समाजवादी आर्थिक नीति अहिले पनि उत्तिकै सान्दर्भिक

 

भक्तपुर,  नेपाली काङ्ग्रेसका प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा विभिन्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले भक्तपुरमा आयोजना गरेको पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा बोल्ने वक्ताले बिपी कोइरालाले प्रतिवादन गरेको समाजवादी आर्थिक नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा आर्थिक सुझाव मस्यौदा समितिका संयोजक डा प्रकाश शरण महतले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै नेपालमा उद्योग, व्यवसाय र कलकारखानामा वृद्धि गर्ने गरी काङ्ग्रेसले नीति बनाउने बताउनुभयो । केन्द्रीय सदस्य तथा आर्थिक सुझाव मस्यौदा समितिका सदस्य शिवप्रसाद हुमागाईंले काङ्ग्रेसको नेतृत्वमा शासन सत्ता आएपछि आर्थिक विकासका लागि चाल्नुपर्ने कदम कस्तो हुनुपर्छ, समृद्धिका लागि के कसरी जानुपर्छ भन्ने बारेमा स्पष्टरुपमा सहभागीले सुझाव दिएको बताउनुभयो । प्राप्त सुझावलाई महासमितिमा र पार्टीको केन्द्रीय समितिमा छलफल गरी निष्कर्षमा पु¥याउने उहाँको भनाइ थियो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद बहादुर तामाङले काङ्ग्रेसले मुलुकको स्थायी प्रकारको भौतिक पूर्वाधार विकासको गुरुयोजना तयार पार्नुपर्ने सुझाव दिएको बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले प्रदेश सरकार आर्थिक अधिकार नपाउँदा कुपोषण लागेको बच्चाजस्तो भएको बताउँदै अबको काङ्ग्रेसको आर्थिक नीतिले सङ्घीयता बलियो बनाउने गरी आर्थिक नीति ल्याएर जनतालाई उत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो । सिन्धुपाल्चोकका पार्टी सभापति विकास लामाले खुल्ला अर्थनीतिलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै विप्रेषणलाई उद्यममा जोड्ने गरी नीति बनाउनुपर्र्नेे सुझाव दिनुभयो । दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्काले लगानी बढाउन सुरक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो भने प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाले अहिले बिचौलियाले मात्र लाभ लिएको भन्दै उत्पादक, वितरक र उपभोक्ता तीनै पक्षलाई लाभ हुने गरी आर्थिक नीति बनाएर दिगो विकासमा लाग्नुपर्ने बताउनुभयो । काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ लगायतले पार्टीभित्रको अर्थनीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो भने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले अर्थनीति दोहोरो हुनु नहुने भन्दै दोहोरो कर नीति ठीक नभएको र अझ राज्यका तीनै तहले कर लगाउँदा जनतालाई मार परेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद राधा घलेले सरकारलाई विधेयक र कानून बनाउन बाँकी चार वर्ष बित्ने देखिएको बताउँदै प्रदेशमा के कार्यक्रम ल्याउने भन्नेमा स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य गुरुराज घिमिरे, पार्टीका कर्णाली प्रदेशका संसदीय दलका नेतासमेत रहेका जीवनबहादुर शाही, गोविन्द भट्टराई, अर्जुन जोशी, विश्लेषक अच्युत वाग्ले लगायतले अब बन्ने काङ्ग्रेसको आर्थिक नीति परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र सांसद गरी ३७ जनाले आ–आफ्नो धारणा राखेका थिए । मस्यौदा समितिका सदस्य हुमागाईंले कार्यक्रममा काङ्ग्रेस सरकारमा रहँदा लागू भएको आर्थिक नीति र सरकारको अहिलेको आर्थिक नीतिको गम्भीर समीक्षा गरिएको बताउनुभयो ।

विभिन्न पर्वको अवसरमा नयाँ नोट सटही सुविधा दिँदै : नेपाल राष्ट्रबैंक

काठमाडौं।  वर्षको एक पटक मात्रै नयाँ नोट सटही सुविधा दिँदै आएको नेपाल राष्ट्रबैंकले  वर्षभरी नै विभिन्न पर्वको अवसरमा नयाँ नोट सटहीको व्यवस्था गरेको छ । यस अघि दशैंमा मात्रै बाँड्दै आएको नयाँ नोटको सटहीलाई सहज बनाउदै बैकले यो सुबिधा ल्याएको हो। नेपाल राष्ट्र बैंकका मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल राष्ट्रबैंकले आफ्ना सबै क्षेत्रीय कार्यलयहरुबाट  नोट सटही गर्न सकिने व्यवस्था गरेको छ । काठमाडौंमा भने थापाथलीमा रहेको राष्ट्रबैंकको कार्यालयबाट नोट सटही गर्न सकिने छ । निरौलाका अनुसार वर्षको पहिलो दिन नयाँ वर्षमा पनि अब नयाँ नोट पाईने भएको छ । त्यसपछि उभौली पर्वरबुद्ध जयन्ति, गाईजात्रा, गौरा पर्व, तीज, संविधान दिवसमा पनि नयाँ नोट पाईने छ । त्यस्तै, इन्द्रजात्रा, जितिया पर्व, दसैं, तिहार, छठ पर्ब, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्बरयोमरी पुन्हि ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्ब, महाशिवरात्री, फाल्गु पूर्णिमा, घोडेजात्रा, इद आयदि राष्ट्रिय चाडपर्ब तथा दिवसमा नयाँ नोट सटही गर्न पाइने भएको हो।

चितवनमा ७८ जुवाडेलाई कारवाही

चितवन, जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रण अभियानअन्तर्गत तिहारमा ७८ जुवाडेलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरेको छ । प्रहरीले यस क्रममा रु ११ लाख २७ हजार बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कात्तिक १२ गतेदेखि २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनीबाट कौडा र तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । कात्तिक १२ गतेबाट २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनी क्षेत्रबाट कौडा र तास खेल्दै गरेका जुवाडे पक्राउ परेका हुन् । पक्राउ परेका उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार कारवाही गरिनेछ ।