अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो । कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
उहाँको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुग्नुभएको थियो । उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ ।
–––
माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल टी–२० क्रिकेट आजदेखि सुरु हुँदै
पोखरा। माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल टी–२० क्रिकेट आजदेखि पोखरामा सुरु हुँदै छ। खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितालाई आइसीसीले मान्यता दिएकाले अन्तर्राष्ट्रिय कभरेज पनि हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन भिड्दै छन् ।
उपाधि घरमै राख्ने लक्ष्य लिएको पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले गर्दैछन् । त्यसैगरी विराटनगर टाइटनको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।
शरद राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन् भने सन्दीप कम उमेरमै सबैभन्दा ब्यवसायिक नेपाली खेलाडी बनेका छन् ।
राउण्ड रोबिनको आधारमा खेल हुने हुँदा दुवै टोलीलाई जित्नै पर्ने दबाब छ।
प्रतियोगितामा पोखरा, विराटनगर, चितवन राइनोज, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी हुँदैछन् ।
प्रतियोगिताको विजेताले २७ लाख हात पार्नेछ। उपविजेताले १० लाख जित्नेछ ।
खानेपानी मन्त्री बिना मगरलाई आफ्नै क्षेत्रमा कालो झण्डा
दीपेन्द्र बस्नेत बेलौरी, कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले बिहीवार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् । बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न मन्त्री मगर महोत्सव स्थल जाँदै गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले बिरोध गर्दै कालो झण्डा देखाएका हुन । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित व्यापार मेलाको उद्घाटन दिउँसो १२ बजे राखिए पनि बिहान १० बजे देखिनै बिरोध प्रदर्शनका लागि प्रमुख प्रतिपक्ष दल काँग्रेस कार्यकर्ताहरु एकत्रित भएको खबर फैलिए पछि पुर्व निर्धारित समय भन्दा झन्डै साढे ४ घन्टा बिलम्ब गरि व्यापक सुरक्षाको बन्दोबस्तीका साथ कार्यक्रम स्थलमा पुगेकी थिइन ।
आन्दोलनकारीलाई
झुक्याउदै नीजी नम्बर प्लेटको गाडी प्रयोग गरि मन्त्री मगरलाई कार्यक्रम स्थलमा ल्याइएको थियो । कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी स्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साटो कैलालीको खक्रौलामा नेपाल(भारत नाका बनाएको भन्दै नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरुले बिरोध स्वरुप कालोझण्डा देखाएका हुन । बिहिबार देखि १० दिन सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न आफ्नै निर्वाचन क्षेत्र स्थित पुनर्वासमा बुधबारनै मन्त्री बिना मगर पुगे पनि काँग्रेसको बिरोध कार्यक्रमका कारण कार्यक्रम स्थलमा समयमा पुग्न सकिनन । ४स्२५ बजे बेलौरी पुगेगी मन्त्री मगरलाई झन्डावाल गाडीमा नराखी नीजी गाडीमा राखेर ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले आन्दोलनकारीलाई झुक्याउदै कार्यक्रम स्थल सम्म पुगाएका थिए । पुनर्वास बाट बेलौरी आउदै गर्दा मन्त्री मगरलाई महोत्सव स्थल भन्दा डेढ किमि पुर्वको रिछाहामा प्रमुख प्रतिपक्षी काँग्रेस कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन । जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा मन्त्री मगरको सुरक्षार्थ बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
झुक्याउदै नीजी नम्बर प्लेटको गाडी प्रयोग गरि मन्त्री मगरलाई कार्यक्रम स्थलमा ल्याइएको थियो । कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी स्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साटो कैलालीको खक्रौलामा नेपाल(भारत नाका बनाएको भन्दै नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरुले बिरोध स्वरुप कालोझण्डा देखाएका हुन । बिहिबार देखि १० दिन सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न आफ्नै निर्वाचन क्षेत्र स्थित पुनर्वासमा बुधबारनै मन्त्री बिना मगर पुगे पनि काँग्रेसको बिरोध कार्यक्रमका कारण कार्यक्रम स्थलमा समयमा पुग्न सकिनन । ४स्२५ बजे बेलौरी पुगेगी मन्त्री मगरलाई झन्डावाल गाडीमा नराखी नीजी गाडीमा राखेर ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले आन्दोलनकारीलाई झुक्याउदै कार्यक्रम स्थल सम्म पुगाएका थिए । पुनर्वास बाट बेलौरी आउदै गर्दा मन्त्री मगरलाई महोत्सव स्थल भन्दा डेढ किमि पुर्वको रिछाहामा प्रमुख प्रतिपक्षी काँग्रेस कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन । जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा मन्त्री मगरको सुरक्षार्थ बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो । दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’
‘
काठमाडौँ, पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ ।
चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ ।
यहाँ आज आयोजित अन्तत्र्रिmयामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक आयोगमा महिला हिंसासम्बन्धी उजुरी झन् झन् बढ्दै गएको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले महिला हिंसा अन्त्यका लागि भएका ऐन÷कानूनको कडाइका साथ कार्यान्वयन गर्नाका साथै चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक किरण रानाले दिन प्रतिदिन महिला हिंसाका घटना बढ्दै गएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै हात हुने धारणा व्यक्त गर्नुभयो ।
महिला अधिकारकर्मी रमा पराजुलीले बलात्कारका घटनामा संलग्न दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनुभयो ।
–––