पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

0
  पोखरा,  पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्षदुर्गापक्ष सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

पोखराको सडकमा मध्यरातमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ

  पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो । मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ४० बर्ष हाराहारीका ति पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए । अस्वस्थ र अशक्त महिलामाथि कुकृत्य गर्ने उक्त पुरुष बाग्लुङ मुलपानी घर बताउने अर्जुन पन्त खुल्न आएको छ । पन्तले आफू लुम्बिनी बैंकको कर्मचारी रहेको र आज दशैंको पार्टीमा रमाइलो गरेर फर्किरहेको बयान दिएको स्रोतले बताएको छ । महिला अचेत अवस्थामा भेटिएकी छिन् । पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवार अवस्था थाहा हुन सकेको छैन । दुई जना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ । यस विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले बताएको छ । पन्तले आफूले नराम्रो केहि गरिनसकेको जिकिर गर्दै थिए । महिलालाई अस्पताल लगिएको बुझिएको छ । साभार ः  रन्जन अधिकारी, गण्डक न्युज

आज आश्विन शुक्ल सप्तमी,घरघरमा नवदुर्गाका सहायक फूलपाती भित्र्याइँदै

0
  काठमाडौँ,  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज  शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उहाँले भन्नुभयो । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने प्रा डा गौतमले जानकारी दिनुभयो । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । –––

कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ बारे साक्षात्कार

0
  पोखरा ।   सूर्योदय क्लव नदीपुरले कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ र यसमा आएका विभिन्न परिवर्तनका आयामहरुबारे साक्षात्कार कार्यक्रम गरेको छ ।   कबि   घिमिरेले आफूले दशैँबारे भोगेका र जानेका सन्दर्भहरुको चर्चा गरे। पिङ खेल्ने भनेपछि जुटिहाल्ने तन्नेरी जमात कोे भिड हटाउन भूत  कृत्य गरेको उटपट्याङ घटना समेत स्मरण गरे घिमिरेले । । दशैँ नेपालीहरुको सांस्कृतिक पर्ब भएकोले यसको जगेर्ना गर्न युवा पुस्ता सधै तयार रहनु पर्नेमा जोड दिदै  घिमिरेले आफ्नो गच्छेअनुसार  दशैँ मनाउन नयाँ पुस्तालाई  आग्रह  समेत गरे ।घिमिरे शिरोमणि पुरस्कार, दयाशंकर पत्रकारिता पुरस्कार आदिबाट विभुषित भइसकेका छन। क्लवका उपाध्यक्ष मधुसुदन पौडेलले  क्लबले बिभिन्न सामाजिक काम गरेको उल्लेख गर्दे ,दशैँको उपलक्ष्यमा  यस बर्ष पिङ हालको बताए। क्लवका सचिव षडङ्गराज घिमिरेले  साक्षात्कार कार्यक्रमलाइ निरन्तरता दिने बताए । अग्रज पुस्ताका अनुभब आदानप्रदानले नयाँपुस्तालाइ हौसला र उत्प्रेरणा मिलेको कार्यक्रमका सहभागीहरुले बताए ।