बलात्कारको उच्च जोखिममा बालिकाहरु,

९ कार्तिक २०७५, शुक्रबार

  –नारायण ढुङ्गाना काठमाडौँ,  बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका […]

दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

८ कार्तिक २०७५, बिहीबार

‘ काठमाडौँ, पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तत्र्रिmयामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा […]

दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

८ कार्तिक २०७५, बिहीबार

अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् । जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो […]

घर नबनाउनेलाई रकम फिर्ता गर्न ताकेता

७ कार्तिक २०७५, बुधबार

   विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार […]

४४ मध्ये २९ वडा सचिवबिहीन

७ कार्तिक २०७५, बुधबार

हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहँुदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ […]

सिफारिस कार्यान्वन नगर्नेको नालीबोली निकल्दै मानब अधिकार आयोग

६ कार्तिक २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएपछि आयोग स्वयंले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको सदस्य सुदीप पाठकले जानकारी दिनुभयो । मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही […]

१७ वर्षकी किशोरीको सामूहिक बलात्कार

६ कार्तिक २०७५, मंगलवार

६ कात्तिक, रौतहट । दशैंको अवसरमा मेला हेर्न गएकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी  किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।  आइतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्या।इदिने भन्दै नहरको डिलमा पुर्या एको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू […]

महिला अधिकारलाई कार्यान्वयन गर्न नसक्नु दुःखद

६ कार्तिक २०७५, मंगलवार

 विश्वमा नेपाल महिलाको हक र अधिकारको विषयमा विकसित मुलुकभन्दा अग्रपङ्तिमा रहेता पनि मौलिक हकमा समावेश भएका महिलाको विशेष अवसरलाई कानूनसम्मत ढङ्गले कडाइका साथ लागू गर्न नसक्नु नै पछिल्लो समयमा महिला हिंसा वृद्धि भएको बताइएको छ । जेनेभामा भइरहेको महिलाविरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मूलन गर्ने महासन्धि (सिडा)मा नेपालको गैरसरकारी संस्थाको तर्फबाट छायाँ प्रतिवेदन प्रस्तुत गर्दै […]

‘मन्त्री केशव स्थापितको यौन प्रस्ताव स्वीकार नगर्दा जागिर गयो’ –रश्मिला प्रजापती

६ कार्तिक २०७५, मंगलवार

‘ काठमाडौं । प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेको छ । उनी मेयर भएका बेलामा जागिर टिकाउन एक संचारकर्मीलाई यौन प्रस्ताव गरेको खुलासा भएको हो । विश्वभर सामाजिक संजालमा सुरु भएको ‘मी टु’ अभियानले नेपालमा पनि प्रवेश पाउने क्रममा पत्रकार रश्मिला प्रजापतीले […]

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

६ कार्तिक २०७५, मंगलवार

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने […]