‘ए’ डिभिजन लिग : दुई ललितपुरे क्लबबीच भीडन्त

२ मंसिर २०७५, आईतवार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी […]

संघियताको कार्यन्वयन हामीले पहिला गरेर देखायौं : मेयर जीसी

१ मंसिर २०७५, शनिबार

  पोखरा , पोखरा महानगरपालिकाका मेयर मानबहादूर जीसीले पोखरा महानगरपालिका  संघियताको कार्यन्वयन गर्ने पहिलो महानगर बनेको दाबी गरेका छन ।शूक्रबार पोखराका क्रियाशिल पत्रकार महिलाहरु संगको भेटमा उनले पोखराका ३३ वटै वडालाई प्रतिनिधि निर्बाचित भएर आएपछि अधिकार प्रत्यायोजन गरिएको बताए।  योजना सम्झौता वडास्तरमै हून्छन्,राजस्व संकलन तथा हजार बर्गफिटसम्मका घरको नक्सापास वडा कार्यलय बाटै हून्छ भन्दै उनले […]

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल

३० कार्तिक २०७५, शुक्रबार

  पर्सा,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा […]

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

३० कार्तिक २०७५, शुक्रबार

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिनुभयो । “भोलि बिहान बिहान ९ बजे […]

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

३० कार्तिक २०७५, शुक्रबार

–कुमार चौलागाई चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि […]

इपिएललाई आइसिसीको मान्यता

३० कार्तिक २०७५, शुक्रबार

आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ । “अमेरिकी डलरको भाउ बढेका कारणले […]

सन्दीप दिल्लीमै रहने

३० कार्तिक २०७५, शुक्रबार

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई रु […]

‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

३० कार्तिक २०७५, शुक्रबार

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो […]

तीन महिनामा कर्णालीका ४० महिला बलात्कृत

३० कार्तिक २०७५, शुक्रबार

कात्तिक १८ गते तिला गाउँपालिका जुम्लाका दुई महिला घाँस काट्न गएको समयमा बलात्कृत भए। बलात्कारको आरोप लागेका चार जना अझसम्म फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जानकारी दिएको छ। सोही दिन जुम्लाकै पातारासीकी २२ वर्षीया अर्की एक महिला पनि बलात्कृत भइन्। बलात्कृत महिलाको उजुरीका आधारमा प्रहरीले भैरे सार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जुम्लामा एकै […]

जीप दुर्घटनामा एकको मृत्यु

३० कार्तिक २०७५, शुक्रबार

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ […]