९ सय जना किशोरीले एकै दिनमा हिंसा बिरुद्ध आवाज उठाउदै

0

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले एकै दिनमा हिंसा बिरुद्ध आवाज उठाउदै छन। आफ्नै सवालमा देशैभरिका सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् । किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारि समेत गराउनेछन् । जसमा ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् जस अनुसार देशभरि ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् ।
सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुने भएको हो । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित हुनेछ ।
प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका सामुदायिक रेडियोको साथमा हुन लागेको कार्यक्रमले तल्लो तहसम्म किशोरीको समस्याहरुमा बहस गर्नेछ । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।
टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताउनु भयो । गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसा विरुद्ध आवाज उठाउनु आफैमा नयाँ भएको बताउनुभयो ।

चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधिको मनोबल घट्छ

0

यौन जन्य हिंसामा बृद्धि भएपछि पोखरामा बिभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्देआएका छन । कसैले कानुनी सचेतना कार्यक्रम को आयोजना गरेका छन भने कसैले यौन जन्य हिंसाका बिषयमा जनचेतना जगाइरहेका छन । सोमबार देखि इम्पावर वुमन एण्ड चिल्ड्रेन नेपालले बिद्यालयका छात्राहरुलाइ प्रदेश स्तरिय आत्मरक्षा तालिम दिन शुरु गरेको छ । राष्ट्र«का नारी हाम्रो गौरब,किशोरीको आत्मसम्मान र सुरक्षा हाम्रो अभियान भन्ने मुल नाराका साथ पोखराकोे बिन्ध्यवासिनी माबिबाट अभियान शुरु गरिएको हो । अभियनलाइ गण्डकी प्रदेशका बिभिन्न सामुदायीक र निजी बिद्यालयका साथै आबश्यकता माग भएमा आमा समुह,युवा क्लब, किशोरी सञ्जाल लगाएतका संघ संस्थामा पनि तालिम दिन सकिने संस्थाका अध्यक्ष सुमिता बस्नेतले जानकारी दिइन । बस्नेत आकस्मिक रुपमा हुने आक्रमण बाट बच्न आत्मरक्षा तालिम सहयोगी बन्ने बताउँछिन । तेक्वान्दोका सेकेन्ड डन जीवन खाँतीले प्रमुख प्रशिक्षकको रुपमा तालिम दिइरहेका छन ।तालिमले छात्राहरुमा शारिरिक र मानसकि आत्मबल बढ्ने उनले बताए। केही हदसम्म चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधिको मनोबल घट्छ, उनले भने । पोखराको बिन्ध्यवासिनी माविमा कक्षा ७ मा अध्यनरत ममता अधिकारीले कसैले हातपात गर्न खोजे कसरि प्रतिकार गर्ने भन्ने कुरा तालिम बाट सिकेको बताइ ।तालिमले आफ्नो सुरक्षा आफै गर्न आत्मबल मिलेको तालिममा सहभागी छात्राहरुले बताए ।

अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

काबुल, २३ असोज अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् ।

आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबरहरु प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ ।

तथापी, एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताउनुभएको छ । उहाँले भीडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरु धेरै घाइते भएको दाबी गर्नुभयो । तालिबानले भने आक्रमणका बारेमा केही बताएको छैन ।
––––

सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

बेंसीसहर, २३ असोज नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताउनुभएको छ ।

मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा उहाँले दैनिक सुशासन÷जनसेवा परिचालन तथा जनताको अधिकार घरदैलोमा पु¥याउन स्थानीय सरकारको परिकल्पना गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले गुनासोअनुसार कर्मचारी समायोजनको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिनुभयो । सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने उहाँको तर्क रहेको थियो ।
–––