सरकारको निर्णयको स्वागत, प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षलाई गम्भीर र जिम्मेवार बन्न आग्रह

0
न्युनतम पारिश्रमिक निर्धारण समितिले संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। समितिको गत भदौ २४ र २५ गते काठमाडौंमा सम्पन्न बैठकले सञ्चार प्रतिष्ठानको वर्गीकरणका आधारमा ५० प्रतिशतसम्म पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेको भए पनि एकमुष्ठ २५ प्रतिशत वृद्धि गर्ने निर्णयलाई समितिले सकारात्मक रुपमा लिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताए। यो निर्णयले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई फाइदा पुग्ने पराजुलीको विश्वास छ। यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षलाई गम्भीर र जिम्मेवार बन्न समितिले आग्रह गरेको छ। समितिको सुझाव अनुसार संचार प्रतिष्ठानको सवलीकरणका लागि पनि सरकारले उपयुक्त निर्णय लिने अध्यक्ष पराजुलीको विश्वास छ।

६३ औ प्रहरी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

६३ औ प्रहरी दिवसको अवसरमा ४ नम्बर प्रदेशले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्यो। सम्मानित ब्याक्तिहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, ४ प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दान सिंह बोहोरा लगायतले सम्मान गरे। कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम राना मगरले चार नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान प्राप्त गरे । चार नम्बर प्रदेशमा रहेका ११ जिल्ला मध्ये कास्कीमा अपराध अनुसन्धानमा विशेष काम गरेवापत उनलाइ सम्मान गरिएको हो । राना सहित कास्कीका ४ जना प्रहरी अधिकृतहरु सम्मानीत भए । कास्कीमा अपराध रोकथाम तथा नियन्त्रण एवं अनुसन्धान, सामुदायिक सेवा केन्द्रहरु परिचालन, सवारी दुर्घटना न्युनीकरण, लागुऔषध ओसारपसार एवं सेवन नियन्त्रण, फरार अपराधीहरुको खोजी तथा पक्राउ गर्नुको साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख ओम रानालाई गण्डकी प्रदेशको ११ जिल्ला मध्ये उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मान गरेको हो । त्यसैगरी अपराध रोकथाम तथा अनुसन्धानमा उत्कृष्ट काम गर्दे बैदाम क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न बिशेष योगदान पु¥याउनुका साथै कार्यालय ब्यवस्थापनमा उत्कृष्ट रहेको भन्दै वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई सम्मान गरिएको छ । कास्कीको ट्राफिक ब्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्ल सम्मानित भए । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीलाई अपराध अनुसन्धानमा विशेष योगदान पु¥याएको भन्दै उत्कृष्ट अनुसन्धान अधिकृतको विधामा सम्मान गरीयो । चार नम्बर प्रदेशमा उत्कृष्ट साहसिक कार्य तर्फ ससस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी जवान ओम बहादुर सोमै, उत्कृष्ट साहसिक कार्य ९प्राकृतिक प्रकोप उद्दार तर्फ० जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर, उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य र उत्कृष्ट प्रहरी कार्य तर्फ ४ नं। प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी सम्मानित भएका छन । ।

विश्वबाट कम्युनिस्ट सरकार हराएर जाने , प्रमुख सचेतक खांड

0
मुकेश यादव बारा, २५ असोज नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांडले विश्वबाट नै कम्युनिस्ट सरकार विलय भएर जाने बताएका छन । नेपाली कांग्रेस नगर कार्य समितिले जितपुर सिमरा उपमहानगरपालिकाको मध्यमाञ्चल स्वास्थ्य तालिम केन्द्र पथलैयामा आयोजना गरेको खुल्ला रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक खांडले यस्तो बताएका हुन । वहाँले आउदो १० वर्ष भित्रमा विश्वभरीका कुनै पनि मुलुकमा कम्युनिस्ट सरकारमा नरहने ठोकुवा गरे । जब १० वर्ष भित्र मा विश्वबाट नै सरकारबाट हराएर जान्छ भने नेपालको त कुरा नै गर्नु पर्दैन प्रमुख सचेतक खांडले ओली नेतृत्वको सरकारले बोलीमा मात्र सिमित रहेको छ । निर्मला पन्तको दोषीलाई पक्राउ गरि कारवाही गर्न नसकी दिन प्रति दिन मुलुकमा हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि ओली नेतृत्वको सरकारले दोषीलाई बचावको पक्षमा लागेको संज्ञा दिएका थिए । ओलीको बोलीको भरमा सरकार नचल्ने ठोकुवा गर्दै प्रमुख सचेतक खांडले सरकारले जनतामाथि लादेको करले जनताहरू असन्तुष्ट छन, जनता असन्तुष्ट भएपछि सरकार चल्दैन । संविधानको रक्षा गर्नको लागि, लोकतन्त्रको रक्षा, मुलुकमा शान्ति, स्मृद्धि र विकासको लागि नेपाली कांग्रेसले आन्दोलन गर्ने बताए । अहिले सबैले मिलेर पार्टीलाई मजबुत बनाउनु पर्ने दिन आएको प्रमुख सचेतक खांडले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले यो सरकार पांच वर्ष सम्म रहनुको त कुरै छोडौ सरकारको रवैयाले गर्दा साढे दुई वर्ष सम्म नटिकने ठोकुवा गरे । कार्यक्रममा पर्साका सभापति अजय द्विवेदी, प्रदेश सभा सदस्य शोभा लामा, पुर्व सांसद मधुशाही ठकुरी, नेपाल तरूण दल बाराका अध्यक्ष लुकेश सिंह, ट्रेड युनियनका विश्वमणी शर्मा लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । नगर सभापति श्यामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सुशील ढोडारीले गरेका थिए भने सञ्चालन कालिका ढकालको रहेको थियो ।

प्रदेश नम्बर ३ सरकारका काम मन्द गतिमा,अपेक्षाअनुसारको काम गर्न नसकेको नागरिकको गुनासो

हेटौंडा ।३ नम्बर प्रदेशमा सरकार गठन भएको ८ महिना पुग्न थालिसक्यो तर प्रदेश सरकारको काम भने मन्द देखिएको छ ।जनताका अपेक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको भन्दै नागरिकले गुनासो गर्न थालेका छन । प्रतिपक्ष ले मात्र होइन ७र८ महिनासम्म सरकारले झिना मसिना कार्यक्रम र सभा समारोहमै आफूलाई केन्द्रित गरेको प्रति नागरिक निराश छन । आगामी दिनमा प्रदेशसरकारले जन अपेक्षा बमोजिम काम गर्ने जनताले सुझाव दिएका छन । केन्द्रीय राजधानीसमेत रहेको यो प्रदेशलाई जनताले अलि बढी अपेक्षाका साथ हेरिरहे पनि सरकार भने कानुन निर्माणमै अल्झेको देखिन्छ । त्यस्तै विकास निर्माणका काममा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन । जसले सरकार आलोचित हुन थालेको छ । अर्कोतिर १ सय ९९ ओटा कानुन प्रदेशले निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म १८ ओटा कानुन मात्रै निर्माण गरिएका छन् । स्थायी राजधानी नामाकरणको विषय पनि अझै अनिर्णित नै छ । अर्कोतिर प्रतिपक्षीले पनि सरकारको गतिविधिलाई प्रति असन्तुष्ट छ । दुईतिहाइको सरकारबाट जनताले ठूलो आशा गरेको भएपनि यो सरकारले केही गर्न नसकेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिना उपाध्याय बताउछिन । यद्यपि प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको निर्माणको गृहकार्य भने आफैले थालेको छ । कानुनको अभावका कारण सोँचेजति काम गर्न नसकिएको प्रदेश प्रमुख डोरमणि पौडेल स्वीकार्छन । सरकारले हिड्ने बाटो पहिल्याएको छ ,अब बाटो फराकिलो पार्दै त्यसमा कुँद्ने काम मात्र बाँकी छ मुख्यमन्त्री पौडेल ले भने प्रतिपक्षले आलोचना गर्ने ठाउँ नपाएर आलोचनाका लागि आलोचना गरिरहेकोले त्यसको कुनै अर्थ छैन ।