LATEST ARTICLES

पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी  सम्पन्न

पोखरा ।  गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी  सोमबार पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । कार्यक्रमकाे उद्घाटन गर्दे गृहमन्त्री ओम प्रकाश अर्यालले सु-शासन र भ्रष्टाचार निर्मुल गर्ने जगमा स्थापना भएको वर्तमान सरकारको प्रमुख उद्देश्यनै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु रहेको बताउन्उरभयाे । स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवाश्यक वार्ता छलफल र संवादका लागि सरकार सदैव तयार रहेको बताउनु भएका गृहमन्त्री अर्यालले निर्वाचनको परिवर्तित सुरक्षा चुनौतिलाई मध्यनजर गरी जेनजि आन्दोलनमा लुटिएका हतियारहरु फिर्ता गर्न र कारागार बाट भागेका कैदि बन्दिहरुलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेशन चलाईरहेको बताउनुभयो । सोही अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत भदौ २३ र २४ गते भएको आन्दोलनका कारण खस्किएको सुरक्षाकर्मीको मनोबल, फेरिएको राजनितिक परिस्थिती र थपिएको सुरक्षा चुनौतीले विगतको भन्दा धेरै जिम्मेवार भएर सुरक्षा योजना बनाउनुपर्ने भन्दै सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने अन्यथा थप चुनौती सिर्जना हुनसक्ने सम्भावना रहेको बताउनुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आन्दोलनका क्रममा न्यूनतम सतहमा पुगेको नेपाल प्रहरी अपुर्ण जनशक्ति एवम् साधनस्रोतका वावजुद उच्च मनोबलका साथ सुरक्षा चुनौतीहरुको सामना गर्न तयार रहेको बताउदै गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव गोविन्द रिजाल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । प्रदेशको शान्ति सुरक्षा चुनौती विश्लेषण, आवश्यक तयारी, निर्वाचनको तयारी लगायतको विषयमा छलफल गरिएको उक्त गोष्ठीको गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित समापन गर्नुभएको थियो ।

अपाङ्गता दिवसको अवसरमा  पाेखरा -३ मा न्यानाे कपडा तथा खाद्यान्न वितरण

    पोखरा । ३४ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा  लायन्स  क्लब अफ कुमुद पोखराले अपांगता भएका ब्यत्तिहरुलाइ न्यानो कपडा  र खाद्यान्न बितरण गरेको छ। कायक्रममा प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर लायन दुर्गा ढकाल,  अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङ, पाेखरा महानगरपािलका  अपांगता  संजालका अध्यक्ष गंगा बहादुर खड्का, सृजनशिल अपांग समाजका अध्यक्ष फणीन्द्र प्रसाद पौडेल, सृजनशिल स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जगन्नाथ सुवेदी लागायतले न्यानो कपडा बितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै   नागरिक, अपाङ्गता, गरिब तथा विपन्न  नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि  प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर लायन दुर्गा ढकाल ढकालले अपांगता भएका ब्यक्तिहरुलाइ सबैले सहयाेग हौसला र उत्प्रेरणा दिनुपर्ने बताउनुभयाे । अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुलाई मूलधारमा ल्याउनका लागि कानुनी हिसावले वा अन्य कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । पाेखरा महानगरपािलका  अपांगता  संजालका अध्यक्ष गंगा बहादुर खड्काले अपाङ्गता मैत्री व्यवहार र पूर्वाधार निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता बनेको बताउनुभयाे । सृजनशिल अपांग समाजका अध्यक्ष फणीन्द्र प्रसाद पौडेलले राज्यले अझै पनि  अपाङ्गता भएका व्यक्तिहरूका समस्याकाे उचित  संबाेधन गर्न नसकेको बताउनुभयाे । सृजनशिल स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जगन्नाथ सुवेदीले अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर रहेकाे बताउनुभयाे। लायन्स  क्लब अफ कुमुद पोखराका अध्यक्ष टाेपमाया कार्की सुस्माकाे अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा -३ लगायत विभिन्न ठाउँका अपांगता भएका २५ जनालाई न्यानाे कपडा तथा खाद्यान्न वितरण गरिएको अपांगता अधिकारकर्मी लायन संगीता कुवँरले जानकारी दिनुभयाे।

पत्रकार दिपेन्द्र शर्माको युद्ध पत्रकारिता सार्वजनिक

0

काठमाडौं । पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

दाहालले पुस्तकमाथि समिक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनिय रहेको बताएका छन् । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने,“बन्दुक र कलमको समायजोन, लडाई र पढाईको फ्युजन, बारुदर र मसिको घोलको समिश्रण आजको गणतन्त्र हो ।” जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मुलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारि रहेको बताईन् । जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फिरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्,“नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्षहरु गम्भीर बन्नुपर्छ ।”

महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरु सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।