प्रजातान्त्रिक महासंघ सुचना तथा संचार बिभागको कर्णाली प्रदेश संयोजकमा न्यौपाने

२२ आश्विन २०७७, बिहीबार

कालिकोट ।   कालिकोटका अन्नपुर्णकर्मी पत्रकार बिष्णु न्यौपाने नेपाल प्रजातान्त्रिक महासंघको सुचना तथा संचार बिभागको कर्णाली प्रदेश संयोजकमा मनोनित भएका छन । नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, शिक्षा पत्रकार समुहका प्रदेश सदस्य, बि.टि.एस. मिडिया प्रालिका अध्यक्ष, अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्यौपानेलाई नेपाल प्रजातान्त्रिक महासंघले आफ्नो सूचना तथा प्रचार बिभागको कर्णाली […]

पूर्व विद्यार्थीको पहलमा शारदा स्कुललाई स्टेशनरी

२२ आश्विन २०७७, बिहीबार

स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोेला गाउँपालिका भाटखोलामा रहेको  शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा उक्त विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो । प्रमुख अतिथि जोन ९७ का चियर पर्सन विशाल सुवेदीले कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लबको उद्देश्य भनेकै सेवा, […]

१२ आश्विन २०७७, सोमबार

महिला मिलन समुहकाे अध्यक्षमा लक्ष्मी अधिकारी चयन पाेखरा। महिला मिलन समूहकाे अध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ।साेमबार पाेखरामा सम्पन्न २०अाैं बार्षिक साधारणसभा तथा १४ अाैं अधिबेशनले अधिकारीकाे संयाेजकत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हाे। समुहको उपाध्यक्षमा देबी पराजुली ,सचिवमा विन्दु पाण्डे र काेषाध्यक्षमा विष्णु देवी पराजुली चयन हुनुभएकाे छ भने सहसचिवमा कल्पना […]

केन्द्रीय परिपत्र अनुसार नेपाल तरुण दल कास्कीले बाड्यो राहत

७ आश्विन २०७७, बुधबार

कास्की।    नेपाल तरुण दल कास्कीले गणेशमान सिंहको स्मृति दिवसको अवसरमा राहत बितरण कार्यक्रम गरेको छ। कार्यक्रम नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको प्रमुख आतिथ्यता, तरुण दल कास्की क्षेत्र नं ३ का अध्यक्ष बिकास गुरुङको संयोजकत्व तथा तरुण दल माछापुच्छ्रे गाउँपालिका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। माछापुच्छ्रे ८, ल्वाङ घलेल गाउँमा […]

नेपाली काँग्रेस रुपागाँउपालिका कास्की द्वारा रुपाकाेटका पहिराे पिडितलाई अार्थिक सहयोग

२५ भाद्र २०७७, बिहीबार

कास्की ।नेपाली काँग्रेस रुपागाँउपालिका कास्कीले कास्कीको रुपागाउपालिका -६ रुपाकाेटका पहिराे पिडितलाई अार्थिक सहयोग गरेकाे छ। पहिराेबाट ज्यानको गुमाएकी सृजना बिककाे परिवार र पहिराे पिडित माया सुनार र हरिराम बिककाे परिवारलाई नेपाली काग्रेस रुपा गाउँपालिका र काग्रेस वडा ईकाई ६ ले संकलन गरेको रकम बुधबार हस्तान्तरण गरिएको हाे। मंगलबारकाे पहिराेवाट ज्यान गुमाएकी सृजना विककाे परिवारलाई १७ […]

कास्कीमा जारी लकडाउन केही खुकुलो वनाउदै एक हप्ताको लागि फेरि थपियो

१२ भाद्र २०७७, शुक्रबार

पाेखरा।कास्कीमा जारी लकडाउन केही खुकुलो वनाउदै एक हप्ताको लागि फेरि थपिएको छ।जिल्ला काेभिड संकट ब्यबस्थापन केन्द्रकाे शुक्रबार पाेखरामा बसेकाे बैठकले शुक्रबार राति १२ बजेबाट भदौ २० गते राति १२ बजे सम्मका लागि लागू हुने गरि निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए। कास्कीमा काेराेना संक्रमण बढ्दै गईरहेकाे अबस्थामा केही खुकुलो […]

सुनिताको मर्मस्पर्शी गीत “बदनाम गरेर”सार्वजनिक

८ भाद्र २०७७, सोमबार

पोखरा  । “बदनाम गरेर संतोष मिल्छ भने मेरो बदनाम गर्दै हिँड म‌ जिउँदै भए पनि मर्यो भनेर फूल अक्षता छर्दै हिँड” यो मुटु चसक्क‌ चस्किने दुई हरफ लोकप्रिय गीतकार सुमन श्रापितद्वारा रचित गीतको‌ हरफहरु हुन । सबै खाले गीतमा उत्तिकै मर्म ‌पोखेर गीत लेख्न सिपालु गीतकार सुमन श्रापितको रचना, सुप्रसिद्ध संगीतकार बि.बि‌. अनुरागीको संगीत र […]

नागरिक पारदर्शिताका लागि सार्बजनिक लेखा परीक्षण

१ भाद्र २०७७, सोमबार

नागरिक पारदर्शिताका लागि सार्बजनिक लेखा परीक्षण पोखरा महानगरपालिका वडा नं ३ कन्या मार्ग र भिसि मार्ग बिचको करपाकेली समाजघर अगाडीको कच्ची बाटोमा नाला निर्माण कार्य उपभोक्ता समितिबाट सम्पन भएको हुँदा उक्त कार्यको निम्न बमोजिमको आम्दानी तथा खर्च भएको ब्यहोरा सरोकारवालाहरुमा जानकारीका लागि यो सार्वजनिक सुचना जारी गरिएको छ । योजनाको नाम : करपाकेली समाजघर अगाडीको […]

७ वर्षका बालकसहित पोखरा-८ का ४ जनमा काेराेना संक्रमण पुष्टि

२२ श्रावण २०७७, बिहीबार

पोखरा । ७ वर्षका बालकसहित पोखरा-८ का ४ जनमा काेराेना संक्रमण पुष्टि भएको छ।   गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज मध्यान्ह १२ः२४ बजे दिएको जानकारी अनुसार पोखरा ८ मा चार जना संक्रमित भेटिएका हुन् । उनीहरु सबैको स्वाथ्य परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा    गरिएको हो । अाज संक्रमण पुष्टि हुनेमा ७ वर्षका बालक, ८२ वर्षीय पुरुष […]

सराङकाेटका पहिरो पिडीतलाई आर्थिक तथा शैक्षिक सहयोग

२१ श्रावण २०७७, बुधबार

पोखरा ।   अविरल वर्षाका कारण गत असार २५ गते पोखरा–१८, गोठादीका पहिरो पिडीतका लागी आर्थिक तथा शैक्षिक राहत सहयोग गरिएको छ । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटिद्धारा एकमुष्ट १ लाख ५ हजार, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट १० हजार, जोन चियर पर्सन राधिका थापाबाट ५ हजार आर्थिक सहयोग पिडीत परिवालाई वितरण गरिएको छ । सोही […]