राज्य संरक्षित गुण्डागर्दीमा उत्रियो ने क पा, रुकुम पश्चिमका प्रेस युनियनका सचिव खनाल सहित १ दर्जनमाथि छुरी प्रहार

२४ कार्तिक २०७५, शनिबार

काठमाडौं। सत्तारुढ ने क पाका कार्यकर्ताहरु राज्य संरक्षित गुण्डागर्दीमा उत्रिएका छन्। रुकुम पश्चिममा ने क पाका कार्यकर्ताहरुले भाइटीकाकै दिन नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई छुरी तथा अन्य हतियार प्रहार गरि घाइते बनाएका छन्। भाइटीकाको दिन […]

प्रधानमन्त्री केपी शर्मा ओली- टीका

२३ कार्तिक २०७५, शुक्रबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा […]

भाइटीका लगाइयो

२३ कार्तिक २०७५, शुक्रबार

   यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ । सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको […]

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी

२२ कार्तिक २०७५, बिहीबार

भादगाउँ, मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो । लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी […]

देउसी–भैलो :आर्थिक स्रोत जुटाउने माध्यम

२२ कार्तिक २०७५, बिहीबार

  म्याग्दी,तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार यस्तो […]

नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संवतको महत्व बढ्दै

२१ कार्तिक २०७५, बुधबार

काठमाडौँ,  नेवार समुदायले परम्परागत पोशाकमा चिटिक्क सजिएर नयाँ वर्षका रुपमा मनाउने नेपाल संवत्को महत्व बढ्दै गएको पाइएको छ । केही वर्ष अगाडि काठमाडौँ उपत्यकामा मात्र सीमित रहेको यो पर्व अहिले देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम गरी मनाइन थालेको छ । प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन पर्ने यो संवत् नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै […]

मनाइयो कुकुर तिहार र नरक चतुर्दशी

२० कार्तिक २०७५, मंगलवार

  काठमाडौँ,  यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तर […]

जो हाँस्छ त्यही मात्र बाँच्छ : मुन्द्रेको कमेडी

२० कार्तिक २०७५, मंगलवार

  काठमाडौँ , “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।” हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ […]

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

२० कार्तिक २०७५, मंगलवार

  धनुषा जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा […]

डोल्पा जीप दुर्घटना मृत्तक सबैको सनाखत

१९ कार्तिक २०७५, सोमबार

ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार […]