मर्न र हजारौं जिन्दगी जिउन’ चाहन्थे
पूर्वी नेपालको कोसी तटनजिकैको कोइलाडी गाउँमा राजपुत परिवारको एक बालक एकपल्ट सिकिस्त बिरामी प¥यो । डाक्टरले उपचारका लागि उसलाई भारत लैजान भन्यो । सम्पन्न जमिनदार परिवारको छोरोलाई उपचारार्थ भारत लैजानु कुनै महाभारत थिएन । उसलाई बिहार राज्यको दरभङ्गा नजिक लहेरियासराय लगियो । उपचारको क्रममा डेरामा बसिराख्दा एक दिन उसले नाराबाजीको आवाज सुन्यो । डेराको झ्यालबाट […]
सेल्फी, नाचगान र पूजा : तस्विरमा यस्तो देखियो पशुपतिको तीज
काठमाडौैँ–नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न […]
जहाँ मुसलमान धर्मगुरुहरुले पैसा जम्मा गरेर लेनिनको शालिक पुनर्स्थापना गरे
मध्य एशियाली देशहरुका मिडिया दक्षिणी ताजिकिस्तानको एक खबरले अचम्मित छन् । त्यहाँका मुसलमान उलेमा(धर्मगुरु)हरुले आफ्नो साप्ताहिक चन्दा रकम जम्मा गरेर कम्युनिष्ट नेता लेनिनको प्रतिमा सहरको केन्द्रमा लगाएका छन् । लेनिनले सन् १९२२ मा ताजिकिस्तानलाई समेत समेटेर कम्युनिष्ट राज्य सोभियत संघको स्थापना गरेका थिए । रेडियो लिबर्टीको ताजिक सेवाको अनुसार तुस सहरको मस्जिदहरुका इमामहरु र खतिबहरुले […]