पोखरा उधोग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा प्रत्येक भोटरले अनिवार्य रुपमा १० जना सदस्यहरुलाई भोट गर्नु पर्ने वाध्यात्मत व्यवस्था गरेको थियो। चुनावमा जम्मा खसेको मत २९८६ रहेको थियो । जम्मा १८ जना सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए। प्रत्येक एक मतादाताले १० जना सदस्यलाई मत दिन पाउने व्यवस्था थियो। निर्वाचन अधिकृतले उपलव्ध गराएको तथ्याङ्क अनुसार जम्मा १८ जना सदस्यहरुले प्राप्त गरेको मत संख्या २५४३० रहेको छ । खसेको मत संख्यालाई आधार वनाउने हो भने जम्मा १८ जना सदस्यहरुले प्राप्त गर्नु पर्ने अधिक्तम मत संगख्या २९८६ ले १० लाइ गूणन गर्दा २९८६० हुनु पर्ने हुन्छ। १० सदस्यलाई भोट हाल्न वाध्य पारिएको ईलोक्ट्रनिक्स मिसिनले अन्तर भएको ४४३० मत कुन शिर्षकमा छुट्टाएर राख्यो यदि भोट कर्ताले १० जना भन्दा कम सदस्यलाई भोट हालेमा सम्पूर्ण सदस्यहरुको भोट रद्द हुने व्यवस्था रहेछ भने ४४३ जना भोट कर्ताले यात सदस्यहरुलाई भोट नै राखेनन वा ४४३ भोट कर्ताले १० जना भन्दा कम ९१० भन्दा वढी मत राख्न मेशिनले दिदैन० सदस्यलाई भोट राखी निस्किए । यो तथ्याङ्कलाई आधार मान्दा सदस्यका लागी हालिएको ४४३ मत रद्द भएको देखिन्छ । शिक्षित व्यापारिक वर्गले आधुनिक मेशिन विधिद्धारा मत राख्दा पनि ४४३ जनाको मत रद्द भएकै हो त
साथै नेपालको विध्यमान निर्वाचन सम्वन्धि एेनहरुमा मतदान प्रक्रियामा भाग लिई मतपत्र हातमा लिएका मतदातले भोट राख्नु पर्ने नभए मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको अवस्थामा चुनावको लागि प्रयोग भएको मेशिनमा मतदान नगरे पनि हुने व्यवस्था किन राखियो , जुन तरिकाले ईलेक्ट्रोनिक्स मेशिन सेटिङ गरियो यो पुर्णत कानुनि व्यवस्था विपरित छ । मतदान मा भाग लिएका जो कोहिले भोट राखेर मात्र मतपेटिकामा मतपत्र खसाल्नु पर्ने कानुनि व्यवस्था छ ।
कानुनि व्यवस्था
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४
३९। मतदानको प्रक्रिया
९३० मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ । मतदान गर्नु पर्नेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४
९२९०मतदान गर्ने तरीका
९५० कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्नेछ ।
गणेश बहादूर थापाको बिश्लेषण साभार फेसबूकबाट
पोखरा उद्योग वाणिज्य संघको शनिबार पोखरामा सम्पन्न ३२औ महाधिबेशनबाट अध्यक्षमा नेकपा प्यानलका दामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् । दामु अधिकारीले १४७८ मत प्राप्त गर्दा रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।
पदाधिकारीका सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।
उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५ मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन् । चिनु गुरुङले १५९१ मत ल्याउँदा सीता वरालले १३८८ मत प्राप्त गरिन् । पोखरा उद्योग बाणिज्य संघमा चुनावी नतिजामा धाँधली भएको भन्दै प्रजु प्यानलबाट जितेकाहरुले शपथ लिएनन् । निर्वाचन कमिटीले २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक गरेको थियो ।
तर मतगणना हुँदा अध्यक्षमा ३७ मत कम देखियो । अध्यक्षका लागि दामु अधिकारीले १ हजार ४ सय ७८ मत ल्याएर बिजयी भए भने प्रतिश्पर्धी रवीन्द्रबहादुर प्रजुले १ हजार ४ सय ७१ मत ल्याए
काठमाडौ ६, असोज
राम राज पन्त स्मृती सम्मान यो बर्ष कल्पना कल्पपुञ्जको उपन्यास संजीवनीुलाई प्रदान गरिएको छ । शुक्रबार एक समारोका बिच कार्यक्रमका प्रमुख अतिथि कलाकार मदन कृण्ण श्रेष्ठ र बिशेष अतिभि हरिबंश आचार्यले संजीवनी कृति लाइ पुरस्कार प्रदान गरेका हून ।पन्त स्मृती प्रतिष्ठानले २०५४ सालदेखी प्रदान गर्दै आएको पुरस्कार को राशी रु २५ हजार नगद रहेको छ । त्यसैगरि,स् कार्यक्रममा बिभिन्न बिधामा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तिहरु लाइ पनि सम्मान गरियो ।सम्मानित हूनेहरुमा क्रमश ःसदिक्षा वाल प्रतिभा पुरस्कारबाट स् सुश्री लक्ष्मी महरा ,नृत्य बिधामा सीताश्री स्मृति सम्मान पुरस्कारबाट सूरेश बस्नेत , चित्रकला बिधामा गोपाल राज पन्त स्मृति सम्मान पुरस्कार बाट स्नरेन्द्र राज पौडेल, हास्य लेखन बिधामा ।रामराज पन्त स्मृति सम्मान पुरस्कार बाट स् कल्पना श्रेष्ठ कल्पपुन्ज,उपन्यास संजिवनी ,वन्धु पन्त स्मृति सम्मान पुरस्कार बाट स् मोहन दुवाल , जनमत मैयाँ वासु पन्त स्मृति सम्मान पुरस्कार बाट स् डा। मिन श्रीस मगर , संस्कृति वीद् टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार बाटस् डा। शैलेन्दु प्रकाश नेपाल, समालोचना बिधामा आमा इन्दिरा पन्त स्मृतिसम्मान पुरस्कार बाट स् मातृका देवकोटालाइ , अपाङ्गता तथा समाजसेवा पुरस्कारबाट सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमूख अतिथि बरिष्ठ कलाकार श्रेष्ठले सम्मानित ब्यक्तिहरुलाइ बधाई दिदै आफ्नो कार्यक्षेत्रमा थप सिर्जनशिल भएर लाग्न प्रेरित गर्नू भएको थियो । बरिष्ठ कलाकार हरिबंश आचार्यले मह जोडी सकूशल रहेको बताउदै सम्मानित श्रष्टालाइ बधाई दिनू भएको थियो । कार्यक्रम पन्त स्मृती प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा शुक्रबारदेखि अन्त्य भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको पहलबाट पेट्रोल पम्पमा इन्धन वितरण भइरहेको बताइएको छ ।
कार्यालय प्रमुखको आजको बैठकमा प्रजिअ केसीले अन्य जिल्लामा पेट्रोलको समस्या रहे पनि मोरङमा आजबाट सहज भएको र काठमाडौंमा देखिएको पेट्रोल अभावलाई हटाउन विराटनगरबाट ५० वटा ट्याङ्कर त्यसतर्फ पठाएको जानकारी दिए ।
ट्याङ्कर चालकले असोज १ गतेबाट नै हडताल गरेको पेट्रोल डिलर एशोसिएशनका अध्यक्ष महेन्द्र अग्रवालले बताए । रासस
अश्लील सामाग्रीको प्रकाशन प्रसारणमा रोक
काठमाडौं। सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताए।
मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ।
मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य तथा अश्लील सामग्रीको प्रकाशन(प्रसारणमा बन्देज लगाएको छ। रासस
रामचन्द्र रायमाझी पाल्पा, असोज ४
नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । तानसेन नगरपालिका वडा ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडांै महानगरपालिका वडा ३ बस्ने २८ बर्षिय उप्पलवणा शाक्य बीच जिल्ला अदालत पाल्पामा विवाह भएको छ । जिल्ला अदालत पाल्पाका जिल्ला न्याधिस शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा नयाँ मुलुकी संहित २०७४ दफा ७७ अनुसार अदालती विवाह भएको हो । जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ । यस यस अघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हँुदै आएको काम नयाँ संहिता लागु भएसँगै जिम्मेवारी अदालतमा गएको हो । नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए ।
युवा मुक्तककार ऋषि वरालको मुक्तक संग्रह पैतालाका डोवहरुको विमोचन गरिएको छ । बरिष्ठ गीतकार रत्नशम्शेर थापाले एक कार्यक्रम बिच मुक्तक संग्रह को बिमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै थापाले ऋषि बरालसँग मुक्तक लेख्ने खुवि र क्षमता रहेको बताउनु भयो ।। उनका मुक्तकमा युग बोल्दछन्, प्रकृति, देश र मानवीय भावना प्रखर रुपमा देखिन्छन् भन्दै गीतकार थापाले , सुन्दर ढङ्गले लेखिएका मुक्तकहरु वाचन गरेको सुन्दा मनै आनन्दित हुन्छ भन्दै कृतिकार को प्रशंशा गर्नुभयो। चर्चित गीतकाररमुक्तककार तथा रेडियो नेपालका रेडियोकर्मी रमेश पौडेलको प्रस्तुति भने फरक थियो ।वहाले ूमुक्तक लेखन र आवरण साजसज्जाको कारणबाट नै भेट ऋषि बरालसँग भएको थियो । उनका मुक्तकहरु साच्चिँकै मुक्तक बनेका छन् । यस कृतिको पाना पल्टाएर जहाँ पढे पनि सुन्दर मन छुने मुक्तक मात्र भेटिन्छन् । उनिमा मुक्तक लेखनको क्षेत्रमा स्थापीत हुने राम्रो छनक पाएको छु।ूभन्दै कृतिको प्रशंशा गर्नुभयो। कृतिकार ऋषि बरालले मुक्तक लेखनका क्रमका आफ्ना अनुभव, भोगाइ र प्रकाशनको यात्रा सम्मका संघर्षको वर्णन र मुक्तक वाचन गरेर समेत सुनाउनु भएको थियो । आफूलाई मनपर्ने मुक्तक लेखनको शैलि चतुष्पदीय रहेको र आफ्नो कृतिमा सङ्ग्रहित सबै मुक्तकहरु पनि सोहि शैलीमा रहेका कुरा अवगत गराउनु भएको थियाो । नेपाल मुक्तक प्रतिष्ठानको प्रकाशनमा प्रकाशित सो कृतिमा २१६ ओटा मुक्तक संग्रहित छन् ।जस मध्ये अधिकांश मुक्तकहरुमा प्रेम विछोडको भाव भएता पनि केहि मुक्तकहरुमा सुखद मिलन, देशप्रेम,मानवीय चिन्तन,सामाजिक यथार्थ,विकृति,विसंगति,मान्छेमा देखिएको आडम्वरी पन,नेपाली युवाहरु विदेशिनु परेको वाध्यता,साहित्यिक क्षेत्रमा देखिएको सम्मान र पुरस्कारको वेथिति,गाँउमा समेत मौलिक भाषा,संस्कृति र चालचलन हराउँदै गएको यथार्थता,आमाको महिमा,जस्ता सन्दर्भहरु समेत समेट्ने प्रयास गरिएको छ।मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता,वादल घिमिरेको सञ्चालन र वरिष्ठ गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्य विशिष्ट कवि, साहित्यकार, समिक्षक र पत्रकारहरूको उपस्थिति रहेको थियो।
गुल्मी । नेपाल शिक्षक महासँघ, नगर कार्यसमिति, रेसुंगा नपा, गुल्मीले शिक्षकमाथि जनप्रतिनिधिले गरेको दुरव्यवहार विरुद्ध प्रेस विज्ञप्ति निकालेको छ । असोज १ गतेका दिन श्री भगवती माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टलाई रेसुंगा नपा १०, सिमिचौरका वडा अध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद अर्यालले धम्काएको र तथानाम गालीगलौज गरेकोमा उक्त प्रेस विज्ञप्ति निकालेको हो । विज्ञप्तिमा रेसुंगा नगरपालिका वडा नं। १० स्थित श्री भगवती माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक श्री गोपाल विष्टले २०७५र०६र०१ गतेका दिन दिउँसो ३ः०० बजेको समयमा विद्यालयमा कक्षा ८ मा विद्यालयमा कक्षा ८ मा पढाईरहेको अवस्थामा रे।न।पा। –१०, सिमिचौरका वडा अध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका श्री पदम प्रसाद अर्यालले आफ्नो अधिकारको दुरुपयोग गरी निज शिक्षकलाई धम्काउने, तर्साउने र तथानाम गालीगलौज गरेको भन्ने लिखित निवेदन आएको हुँदा नेपाल शिक्षक महासँग, रेसुंगा नगरपालिका, नगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ । असोज ३ गते निकालिएको उक्त विज्ञप्तिमार्फत शिक्षक र शिक्षण संस्थामाथि हुने कुनैपनि प्रकारका दुव्र्यवहार र अवाञ्छित क्रियाकलापहरु अविलम्ब रोक्न सबै सरोकारवालाहरुसँग अपिल गरिएको छ ।
पोखरा ४ असोज
सरिता तिम्सिना पगेनी
पोखरा उद्योग बाणिज्य संघको यहि असोज ५ र ६ गते सम्पन्न हुन लागेको ३२ औ महाधिबेशनमा संघका पुर्ब अध्यक्षहरुले रबिन्द्र बहादुर प्रजु प्यानललाइ सघाउने भएका छन । संघका १० पुर्ब अध्यक्षहरुले बुधबार संयुक्त रुपमा बिज्ञप्ति निकालेर रबिन्द्र बहादुर प्रजुको प्यानललाई सर्मथन गरेका हुन। पुर्ब अध्यक्षहरु सुरेशकुमार राजभण्डारी,हेमबहादुर प्रधान,आनन्दराज मुल्मी,वसन्त उदास,रमेश कर्माचार्य,राजेन्द्र कुमार लालचन,दीपक श्रेष्ठ,मानकाजी माकाजु,कृष्णमोहन श्रेष्ठ र बिन्दु कुमार थापाले प्रजु प्यानललाई समर्थन गर्दे निर्वाचित गराउन सबै उद्योगी,ब्यबसायी मतदाताहरुलाई अपिल समेत गरेका छन । ब्यबसायीका बिचको भातृत्व कायम राख्न र ब्यबसायिक वाताबरण तयार गर्न समेत सहमति र सहकार्य को बिकल्प नभएको उल्लेख गर्दे , संघको ३२ औ महाधिबेशनमा हालका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजुलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाउन बर्तमान अध्अक्ष,पुर्ब अध्यक्ष र बर्तमान महासचिबको सक्रियतामा लिखित सहमति भएको भएको भए पनि सहमति बिपरित बर्तमान महासचिबले उमेदबारी दिएकाले आफुहरु आश्चर्यचकित भएको बिज्ञप्तिमा उल्लेख छ ।सहमति गर्ने अनि सहमति तोड्दै जाने प्रबृत्ति संस्थागत हितका लागि घातक हो भन्दै ,यस्तो प्रबृत्तिले निजी क्षेत्रको बिश्वसनियता माथि नै प्रश्न उठ्ने भन्दै बिज्ञप्तिमा भनिएको छ ,हामी अझै पनि सहकार्य र सहमतिमा जोड दिन्छौ,बर्तमान अध्यक्ष र पुर्ब अध्यक्षको रोहबरमा गरिएको उत्त लिखित सहमती अनुसार नै कार्यन्वयन हुनु पर्छ। सहमतीकै आधारमा हालका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजुलाई नै सर्बसम्मत रुपमा अध्यक्ष बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन ।निजी क्षेत्रलाइ राजनैतिक हस्तक्षेप बाट बचाउन,स्थानीय,प्रदेश र संघ सरकार संग समन्वय गर्न ,कर प्रणली,बैकको कार्य प्रणाली,ब्यबसाय दर्ता र खारेजी प्रक्रियालाइ सहज बनाउन र संघलाइ गैह्र राजनीतिक चरित्रको ब्यबसायिक र सामाजिक संस्थाको रुपमा बिकास गर्न प्रजु लाई सर्मथन गरेको जनाएका छन ।
स्थानिय सरकार नेपालमा हाल कायम ३ तहका सरकार केन्द्र, प्रदेश र स्थानिय सरकार मध्य केन्द्र र स्थानिय सरकार भुमिका, आबश्यकता र उपयोगिताको हिसाबले महत्वपूर्ण मानिन्छन। प्रदेश सरकार भने किन र कसका लागि हो भन्ने नै धेरै नेपाली जनताले नबुझेको अबस्था हो। किनकी प्रदेश सरकार को आबश्यकता नै देखिदैन र भुमिकाको हिसाबले भुमिका बिहिन छ प्रदेश भन्ने कुरा स्वयं प्रदेश मुख्यमन्त्री का बेला बेलामा आउने अभिव्यक्ति ले नै स्पश्ट पारेको छ।
उपस्थिति, आशा र अपेक्षा को हिसाबले स्थानिय सरकार धेरै महत्वपूर्ण मानिन्छ। गाउँ गाउमा सिंह दरबार भन्ने नाराले पनि स्थानिय सरकार को भुमिका अबका दिनमा झनै महत्वपूर्ण रहनेछ भन्ने बुझिन्छ। स्थानिय सरकार भन्ने बित्तिकै जनप्रतिनिधि को सवाल आउछ। स्थानिय सरकार क्षेत्रफल, जनसंख्या का हिसाबले सानो इकाइ हो र सम्बन्धित क्षेत्र कै ब्यक्तिहरु मात्रै जनप्रतिनिधि हुन पाउने ब्यबस्थाले स्वभाबिक रुपमा जनप्रतिनिधि मा दाबेदारी प्रस्तुत गर्ने अनुहारहरु सम्बन्धित गाउपालिका वा नगरपालिका भित्र चिरपरिचित नै हुन्छन जनतालाइ आफ्ना समस्या र अपेक्षा प्रत्यक्ष रुपमा राख्न पनि सहज हुन्छ। अधिकारका हिसाबले पनि स्थानिय सरकार त्यत्तिकै मजबुत मानिन्छ। आफ्ना क्षेत्र का सबै साधन, श्रोतलाइ परिचालन गरि बिकास निर्माण र समृद्धि को दिशामा जान, लैजान पुर्ण रुपमा स्वतन्त्र छ स्थानिय सरकार।
कसरी सम्भब त समृद्द नेपाल ???
नेपाल समृद्द बन्न सबै गाउपालिका र नगरपालिका समृद्द हुन त पर्यो नै किनकी गाउपालिका र नगरपालिका मिलेरै नेपाल राज्य बनेको हो। बिकास तलदेखी जरै देखि हुन जरुरी छ। बिकाश र समृद्दि आकास बाट आउने कुरा नभै आफ्नै ठाउँबाट आफैले गर्ने कुरा हुन। त्यसको लागि सम्बन्धित स्थानिय तहकै जनता सङ इमान्दारिता, इच्छाशक्ति र योजना हुन जरुरी हुन्छ। शृजनशिलता बिना कसैको र कहिको प्रगती भएको पाइदैन। यस अर्थमा गाउपालिका वा नगरपालिकामा हुने निर्बाचन मार्फत स्पस्ट बिचार, योजना, इमान्दारिता, इच्छाशक्ति र शृजनशिलता भएका योग्य स्थानिय ब्यक्तिहरु निर्बाचित भएर जनप्रतिनिधिको रुपमा आउन अनिबार्य छ। तर हाम्रो देशको राजनीतिकरण हेर्दा र बिगतका निर्बाचनहरु नियाल्दा राजनीतिक दलका कार्यकर्ता जसले उसको पार्टी को झोला बोकेकै आधारमा मात्रै जनप्रतिनिधि हुन योग्य साबित भै निर्बाचित पनि भएर आएको देखिन्छन। पार्टीको झोला बोक्नुलाइ नै योग्यताको आधार मान्ने चलनले गर्दा शृजनशिल, बिकासको योजना भएका क्षमताबान ब्यक्तिहरु जसलाइ सस्तो राजनीतिक खिचातानी मन पर्दैन, उनिहरु त्यसै हराएर पलायन भएर बाहिरिरहेको अबस्था छ। पन्चायतकालमा गाउपन्चायतमा गाउका समाजसेवी, इमान्दार र सबैले रुचाएका ब्यक्ती प्रधान, उप प्रधान मा ब्यक्तिगत योग्यता र क्षमताको आधारमा निर्बाचित हुन्थे त्यसैले आफुलाइ जनताको अदालतमा योग्य र काबिल देखाउन मान्छेहरु लागिपर्थे र जनताको मनमा बस्न सफल ब्यक्ती मात्रै प्रधान हुन सक्थे। तर आज कुनै एक राजनीतिक पार्टीको झोला समाएको भरमा योग्यताको सर्टिफिकेट दिइन्छ र बास्तबमै स्थानिय तहमा हुनुपर्ने ब्यक्ती घृणित राजनिती देखि निरुत्साहित हुँदै पलायन हुँदै गएका छन। योजना, इच्छाशक्ति र शृजनशिलता बिना बिकास एकादेशको कथा मात्रै हो। नेपालको परिबेशमा बुझेर, नबुझेर राजनीतिक दल सङ नजोडिएको मान्छे पाउन अब असम्भब नै छ। राजनीतिक दलका नेताको प्यारो भएपछी जनताको प्यारो हुन कुनै जनप्रतिनिधि का दाबेदारलाइ आबश्यकता नै छैन। जब निर्बाचन जित्न जनताको प्यारो हुन जरुरत हुदैन तब त्यो ब्यक्ती जनताप्रती उत्तरदायि हुन आफुलाइ आबश्यक पनि ठान्दैन।
अब के गर्न सकिन्छ त???
राजनिति माथिबाट नसुध्रीने रहेछ भन्ने त हामी नेपालिले बुझी नै सक्यौ यसर्थ अब तलबाट सुधार्ने यत्न गरौ। संघीयता टिक्ने या नटिक्ने भन्नेमा कोहि पनि एकिन नभएको अबस्थामा प्रदेश का बारेमा धेरै चर्चा नगरौ। केन्द्र मा प्रतिनिधित्व राजनीतिक दलले नै गरुन तर स्थानिय तहमा जनप्रतिनिधि हुनका लागि राजनीतिक दलको प्यारो मात्रै भए पुग्ने कुप्रथाको अन्त्य गरौ। जनताको मनमा बस्न सफल ब्यक्तिलाइ मात्रै निर्बाचित हुने सहज बाटो खोलिदिउ। यसका लागि अबका दिनमा यो देशमा अस्तित्व र भुमिकामा रहेका राजनीतिक दलका चुनाबचिन्ह जस्तै रुख, सुर्य, हसियाहथौडा, गाई, हलो, तारा आदि स्थानिय तह निर्बाचनमा बन्देज गरौ। स्थानिय तह निर्बाचनमा कोहि ब्यक्ती राजनीतिक दलको नेता वा कार्यकर्ता भएता पनि उसले स्वतन्त्र रुपमा स्थानीय निर्बाचन मा भाग लिनुपर्ने ब्यबस्था बनाऔ। यदि त्यसो गर्न सकियो भने मात्रै स्थानिय सरकार आफ्नो मर्म र भावना अनुरुप अगाडी जान सक्छ। बिकासका योजना र इच्छाशक्ति भएका ब्यक्तिहरु आफ्नो गाउँ फर्किएर समाजमा आफ्ना भुमिका प्रदर्शन गर्न शुरु गर्नेछन। आफ्नो गाउको बिकास र समृद्दिको लागि भुमिका लिन राजनीतिक दलको झोला बोक्नै पर्ने कुप्रथाको अन्त्य गरौ।