पाल्पामा पहिलो पटक ३ जनामा कोरोना पोजेटिभ देखियो

१८ जेष्ठ २०७७, आईतवार

सीता डोटेल पाल्पा । पाल्पामा पहिलो पटक ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा काेराेना पाेजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । उनीहरुकाे पिसीआर परीक्षणका क्रममा पाेजेटिभ देखिएकाे हाे । उनीहरुलाइ तानसेनमा निर्माण गरिएकाे आइसाेलेशन […]

नेपालमा काेराेना संक्रमित १,५६७ ,मृत्युु हुनेकाे संख्या ८ पुग्याे

१८ जेष्ठ २०७७, आईतवार

कास्की ।  नेपालमा काेराेना संक्रमितको संख्या १,५६७ पुगेको छ भने ८ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।   पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये  १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

म्याग्दीका संक्रमितसंगै आएका ६ जना सम्पर्कविहिन,पोखराका २ जना पनि भेटिएनन्

१८ जेष्ठ २०७७, आईतवार

  कास्की । जेठ ९ गते भैरहवाको नमुना मा.बि. को क्वारेन्टाइनमा बसेकाहरुलाइ लिएर म्याग्दी आएको बसमा सवार मध्ये ६ जना सम्पर्कबिहिन भएका छन् । बसमा सवार २३ जना मध्ये म्याग्दीको मालिका गाँउपालिकाका ३० बर्षीय पुरुषमा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भए संगै गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले बसमा सवार यात्रुको खेजी कार्य शुरु गरेको छ […]

अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी  द्धारा डब्लु डब्लु जे गण्डकीलाई रोग प्रतिरोध क्षमता बढाउने औषधी  तथा सुरक्षा सामाग्री बितरण

१८ जेष्ठ २०७७, आईतवार

कास्की । अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशले पोखराका क्रियाशिल पत्रकार महिलाहरुलाई रोग प्रतिरोध क्षमता बढाउने औषधी आर्सनिक एल्ब ३० सि साथै सुरक्षा सामाग्री प्रदान गरेको छ । आइतबार पोखरामा एक कार्यक्रमको आयोजना गरी अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशका अध्यक्ष डा. बिष्णु प्रसाद चापागाइले क्रियाशिल पत्रकार महिला (wwj) गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीलाई […]

स्याङ्जा र तनहुँमा थपिए काेराेना संक्रमित,गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २४ पुग्याे

१८ जेष्ठ २०७७, आईतवार

कास्की । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २४ पुगेको छ। स्याङजाको गल्याङमा नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कवारेन्टाइनमा बसेका २७ र ४० वर्षका २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैगरी तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २८ का १ जना […]

अनलाइन मिडिया सूचना प्राप्तिका निम्ति पहिलो प्राथमिकतामा

१८ जेष्ठ २०७७, आईतवार

सुशील दर्नाल काठमाडौं, १८ जेठ कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार छनोट गरिएका १७६ उत्तरदातामध्ये सबैभन्दा बढी ३१.८० प्रतिशत अर्थात् ५६ जना उत्तरदाताले अनलाइन मिडियालाई आफ्नो दैनिक […]

लाग्दैछ हाम्रै घर आँगनमा घुमिरहेछ मृत्यू,भेटिन्छ एकदिन अवश्य काल जिन्दगीमा

१८ जेष्ठ २०७७, आईतवार

दुर्गा न्याैपाने भेटिन्छ एकदिन अवश्य काल जिन्दगीमा लाउँछ आगो बालेरै पर्खाल जिन्दगीमा मर्न मन लाग्दै लाग्दैन कुनै प्राणीलाई पनि थाहै नदिई फ्याँक्छ जाल जिन्दगीमा लाग्दैछ हाम्रै घर आँगनमा घुमिरहेछ मृत्यू खोस्छ पक्कै खाईरहेको थाल जिन्दगीमा अथाह फूल छन् आँसु र हाँसोका कति आउँछ अप्रिय बगाउने छाल जिन्दगीमा कसैको मायाले साँची कति फरक पार्दछ अनि बिर्सिन्छ […]

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

१८ जेष्ठ २०७७, आईतवार

    कास्की ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अबेर राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ। सभापति शेरबहादुर देउवाको […]

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

१७ जेष्ठ २०७७, शनिबार

कास्की ।सरकारले लकडाउनको समयावधि थप गरेको छ । शनिबार साँझ बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।  शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या ७ पुग्याे

१७ जेष्ठ २०७७, शनिबार

कास्की । नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या  ७ पुगेको छ। दैलेखको दुल्लु नगरपालिकाको  नेपाल बिधुत प्राधिकरणकाे क्वारेन्टाइनमा  शनिबार बिहान मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भए सँगै नेपालमा काेराेनाबाट हालसम्म मृत्युु हुनेकाे संख्या  ७ पुगेको हो । दुल्लु नगरपालिका–७ मा रहेको को भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का  ३५ वर्षीय युवाको शनिबार नै […]