पाेखरा   -२५  हेमजामा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

२ आश्विन २०८१, बुधबार

    पोखरा  ।   गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार […]

छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा सम्पन्न

३१ भाद्र २०८१, सोमबार

पाेखरा  । पोखरा महानगरपालिका वार्ड न. १७ मा अवस्थित छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो। पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तिवारीले प्रत्येक सहकारीहरु  सहकारीको मर्म र भावनाअनुरुप चलाउनु पर्ने  सुझाव दिदै वर्तमान सन्दर्भमा सहकारीप्रति आम जनमानसको दृष्टिकोण नकारात्मक भएको प्रति चिन्ता व्यक्त गर्दै […]

माउन्ट अन्नपूर्ण मा वि मा विविध कार्यक्रमका साथ बालदिवस मनाइयाे

३१ भाद्र २०८१, सोमबार

 पाेखरा ।  माउन्ट अन्नपूर्ण मा.वि .नदीपुरमा बाल दिवसको सुअवसरमा मनोरञ्जनयुक्त खेलकुद,कविता वाचन, चित्रकला प्रतियोगिता,नृत्य तथा गायन प्रतियोगिता आदि कार्यक्रमहरू सम्पन्न भएका छन। विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीलाई बालदिवसको सुअवसरमा शुभकामना दिदै विद्यालयमा विद्यार्थीहरूले खेल्दै सिक्नसक्ने रमणीय वातावरणको सिर्जना गर्न विद्यालयको प्रयास जारी रहेको बिचार व्यक्त […]

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर

३१ भाद्र २०८१, सोमबार

काठमाडौं । डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ  । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् । अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् । एक […]

डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको  अध्यक्षमा  कमलपति शर्मा

२९ भाद्र २०८१, शनिबार

पाेखरा । नेपाल डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको  अध्यक्षमा  कमलपति शर्मा  निर्वाचित हुनुभएकाे छ ।  एशाेसियसनकाे शनिबार पाेखरामा सम्पन्न  १५ औं साधारण सभा तथा छैटौं अधिबेशन  अन्तर्गत  भएको निर्वाचनमा प्रतिस्पर्धी शिवराज वाग्लेलाई पछि पार्दै शर्मा निर्वाचित हुनुभएको हाे।शर्माले १सय २८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी वाग्लेले १ सय मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा प्रतिस्पर्धी […]

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला

२९ भाद्र २०८१, शनिबार

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा […]

योगी र बिसीको अर्को सहयात्रा ‘साहिँला दाइ’ स्रोतामाझ

२९ भाद्र २०८१, शनिबार

काठमाडौं । धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीनचारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन। र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ । युवा मात्रै होइन अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ । हो यही भावमा संचारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको […]

पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं  ः अर्जुन पोखरेल

२८ भाद्र २०८१, शुक्रबार

पोखरा । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । पोखरा […]

व्यवसायी र पोखराको लागि केही गर्न भनेर टिमसहित आएका छौंः उपमहासचिव उम्मेदवार  कोइराला

२८ भाद्र २०८१, शुक्रबार

पोखरा  ।   पोखरा उद्योग वाणिज्यको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरुको लागि केही गर्न पर्छ भन्ने उद्धेश्यसहित आएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन हुने पक्का छ । ७ पदाधिकारी मध्ये अध्यक्ष र उपमहासचिव पदमा मात्र निर्वाचन हुनेछ भने, बाँकी तीन […]

अपाङ्गताको क्षेत्र गण्डकी सरकारको  प्राथमिकतामा छ   : मुख्यमन्त्री पाण्डे  

२८ भाद्र २०८१, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।  लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग […]