कास्कीमा बृद्धको हत्यामा संलग्न अभियुक्तहरु घटना स्थलबाट पक्राउ

१६ पुष २०७५, सोमबार

पहिचान नै नहुने खालको शव चोटैचोट थियो । प्रहरीलाई शंका लाग्यो र अनुसन्धान सुरु गर्यो । प्रहरीले शंकास्पद ब्यक्तिमाथी निगरानी बढायो ।एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु स्थित मोदीखोलामा शंकास्पद लास पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको रहेको पत्ता लाग्यो । प्रारम्भीक अनुसन्धानमा  ३१ बर्षिय बुद्धीमान सार्कीको गतिविधि […]

सन् २०१८ मा ९८ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना

१६ पुष २०७५, सोमबार

–कुमार चौलागाईं नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएको छ । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा त्यसबाट २२३ भन्दा बढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । आज सार्वजनिक गरिएको मिडिया प्रतिवेदनअनुसार सन् २०१३ मा ५९, २०१४ मा २७, […]

राष्ट्रिय क्रिकेट टोली घोषणा

१६ पुष २०७५, सोमबार

आगामी महीनामा संयुक्त अरब इमिरेट्स ९यूएई०मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी ट्वेन्टी शृङ्खलाका खेल खेल्दैछ । आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको […]

यर बजार पुनः ओरालो

१६ पुष २०७५, सोमबार

शेयर बजार घट्नेक्रम आज पनि रोकिएन । लगातार बजार ओरालो लाग्दा एक हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर एक हजार १०० बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले ओरालो लागेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार […]

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

१६ पुष २०७५, सोमबार

उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रधानको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार स १ त, ३५८७ नं को ट्र्याक्टर बेल्टारको द्वारखोलाबाट सदरमुकाम गाईघाट आउने क्रममा राति ११.३० बजे ट्रली पल्टँदा ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ ।

कक्षा कोठामा मुख्यमन्त्री

१६ पुष २०७५, सोमबार

बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुग्नुभयो । विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । अनि शुरु भयो प्रदेश […]

गणतन्त्र सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक 

१६ पुष २०७५, सोमबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय स्वतन्त्रताको सुरक्षा एवं बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि बिपी कोइरालाले जोखिम मोलेर २०३३ पुस १६ गते स्वदेशमा आगमन हुँदा अहिले गणतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप दिवस सार्थक भएको बताउनुभएको छ । उहाँले ४९औँ राष्ट्रिय मेलमिलाप दिवसका उपलक्ष्यमा नेपाली काङ्ग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै […]

चरेशसहित ट्रक चालक पक्राउ

१६ पुष २०७५, सोमबार

पचास लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ पदमपोखरी निवासी ट्रक चालक सागर वललाई वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बेलवाबाट एकसय साठी किलो चरेशसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । निजले ना४ख २९८५ नंको ट्रकमा […]

पूर्वाधार नबने पनि खेलमा सुधार आयो वर्ष २०१८ मा

१६ पुष २०७५, सोमबार

  –कुमार चौलागाईं÷मुना कार्की सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ । यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन । वर्षको शुरुमै नेपाली क्रिकेटले पाएको ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८ […]

हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन :देउवा

१६ पुष २०७५, सोमबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाउनुभएको छ । त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ, त्यसैले कर्मचारी आन्दोलन गर्न बाध्य छन् […]