रुपा गाउँपालिकामा  कानुनी सचेतना कार्यक्रम

१३ पुष २०८०, शुक्रबार

    पाेखरा।कास्कीको रुपा गाउँपालिका -६ रुपाकाेटमा  रुपाकाेट पाेखरा सम्पर्क मन्चकाे आयोजनामा विद्यार्थी ,अभिभावक र शिक्षकका लागि  कानुनी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यलय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले समाजमा अपराध भईसकेपछि कारवाहि गर्नुभन्दा अपराध नै हुन नदिनका लागि सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयाे। समाजमा पछिल्लो समय लागू […]

पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम

१० पुष २०८०, मंगलवार

  पोखरा ।  पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । […]

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

१० पुष २०८०, मंगलवार

  पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त पुरस्कार प्रदान […]

बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाजको साथ

१० पुष २०८०, मंगलवार

  पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ । आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ […]

विद्यार्थीलाई वास्तविक सिकाइ फिस्टेल एकेडेमीले सिकाइरहेको छ :उपकुलपति प्रा.डा. अर्याल

८ पुष २०८०, आईतवार

 पोखरा ।    पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक […]

कन्या मावि भुपु बिद्यार्थी संघकाे ८ औं साधारणसभा तथा भेटघाट कार्यक्रम सम्पन्न

८ पुष २०८०, आईतवार

पाेखरा।कन्या माध्यमिक विद्यालय भुपु बिद्यार्थी संघको ८ औं साधारणसभा तथा भेटघाट कार्यक्रम शनिबार पाेखरामा सम्पन्न भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासले नारी शिक्षाको सवालमा कन्या माविको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । कन्या मावि भुपु बिद्यार्थी संघले देश तथा बिदेशमा रहेका कन्या माविमा अध्यन गरेका बिद्यार्थीहरुलाई एकता बद्द […]

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

६ पुष २०८०, शुक्रबार

 पोखरा । पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । […]

लेखनाथ महोत्सवको दोश्रो दिन २० हजार दर्शकहरुद्धारा अवलोकन, ३० लाख बराबरको कारोबार

६ पुष २०८०, शुक्रबार

लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शुक्रबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र ३० लाख बराबरको […]

गुणस्तरीय शिक्षाका लागि फिस्टेल एकेडेमी राम्रो :गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गुरुङ

५ पुष २०८०, बिहीबार

 पोखरा ।  पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले गरेका छन् । गुरुङले उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि राजधानी वा विदेश जानुको विकल्पका रूपमा मोफसलमै रहेर पनि फिस्टेल एकेडेमीले राम्रो अवसर दिएको विचार राखे । उद्घाटन मन्तव्य राख्दै उनले भने, ‘‘अहिले एउटा […]

बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला

५ पुष २०८०, बिहीबार

  पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक […]