कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन

७ जेष्ठ २०८१, सोमबार

काठमाडौं।बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ […]

राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौंः उपसभापति गुरुङ

६ जेष्ठ २०८१, आईतवार

पोखरा  ।  पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको […]

अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर

५ जेष्ठ २०८१, शनिबार

पोखरा । अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा नपुग्दा सरकारी लाभबाट वञ्चित हुनूजस्ता कारणले पनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको […]

पोखरा – २ मा २२६ ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण 

५ जेष्ठ २०८१, शनिबार

पोखरा । पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताउनुभयो […]

संगम सहकारीको स्थापना दिवस

४ जेष्ठ २०८१, शुक्रबार

पोखरा , संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औं स्थापना दिवसमा विभिन्न बिधामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गर्दै बिस्तारित मञ्च र स्वस्थ्य सचेतनाको समेत कार्यक्रम जोडेर मनाएको छ । विभिन्न बिधाका उत्कृष्ट पाँच सदस्यलाई प्रशंसा पत्र र सर्वोत्कृष्ट हुने सदस्यलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । यसरी सर्वोत्कृष्ट भइ सम्मानित हुनेहरू दीर्घकालीन […]

संस्कृत वाङ्मयलाई बचाउन छन्द विश्वविद्यालय स्थापनाकाे कसरतमा छु – छन्दनायक वियाेगी

४ जेष्ठ २०८१, शुक्रबार

छन्दनायक माधव वियाेगी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख एवम् वर्तमान सहप्राध्यापक हुनुहुन्छ र जाे ८ महाकाव्यसहित् ३३ कृतिका स्रष्टा, तथा छन्द बचाऊँ अभियान-२०५३ र महाकाव्यलेखन अभियान-२०६० का संचालक पनि हुनुहुन्छ । थुप्रै पुरस्कार तथा सम्मानबाट सुशाेभित हुनुभएका र हाल छन्द विश्वविद्यालय स्थापनाका लागि क्रियाशील उहाँसँग पाेखरा पाेष्टका संचालक एवम् सम्पादक सरिता तिम्सिना पंगेनीले गरेकाे कुराकानी […]

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

३ जेष्ठ २०८१, बिहीबार

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे । उनले सरकारले पोखरालाई पर्यटनको […]

हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम

१ जेष्ठ २०८१, मंगलवार

पोखरा । पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण […]

पाखुरीकोट दर्पण लोकार्पण

३० बैशाख २०८१, आईतवार

पाखुरीकोट गुरुङ समाज पोखरा–१३ ले प्रकाशन गरेको पाखुरीकोट दर्पण आइतवार एक समारोहका बीच लोकार्पण गरिएको छ । उक्त दर्पणको कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपलकुपति गोरे गुरुङ, मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतम र दर्पणका प्रधानसम्पादक […]

हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम

३० बैशाख २०८१, आईतवार

  पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. २५ को सहयोग तथा सर्प संरक्षण समाजको सहकार्यमा भएको जनचेतना मूलक कार्यक्रममा २ सय ५० जनाको सहभागिता रहेको थियो । विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट वच्ने […]