थप २  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,  गण्डकी प्रदेशमा संक्रमितको संख्या १९

१६ जेष्ठ २०७७, शुक्रबार

  पाेखरा।  गण्डकी प्रदेशमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण भएकाहरुको संख्या १९ पुगेको छ । पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । भरतपुरको कोरोना अस्पतालमा गरिएको परिक्षणमा देवचुलीका २ पुरुषमा कोरोना सक्रमण भएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले […]

फार्मेसी व्यवसायी किरणले गरिन जन्मथलाेमा स्वास्थ सामाग्री सहयाेग

१६ जेष्ठ २०७७, शुक्रबार

पोखरा । पर्बत पाखापानी आफ्नो जन्मोथलो भई हाल पोखराको राम बजारमा किरण होमियो फार्मेसी संचालन गरिरहेकी फार्मेसी व्यवसायी, युवा समाजसेवी तथा गोर्खा खबर र सोल्टी टिभीकी गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले  महशिला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् । गुरुङले   गाउँपालिका स्वास्थ्य शाखाका लागि १ थान थर्मल गन, ५ थान N 95 (एन ९५) मास्क, […]

म्याग्दीका एक पुरुषमा काेराेना संक्रमण,गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुग्याे

१५ जेष्ठ २०७७, बिहीबार

  पाेखरा । म्याग्दीका  एक जना पुरुषमा    काेराेना संक्रमण पुष्टि भएकाे छ।म्याग्दीको मालिका गाउँपालिकाका३० बर्षीय  पुरुषमा काेराेना पाेजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा बिनाेद बिन्दु शर्माले जानकारी दिए।बेनी नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका उनलाई बेनी स्थित अाईसाेलेसन कक्षमा राख्ने तयारी भएको बताईएकाे छ । याे संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १७ पुगेको छ।

आगामी आर्थिक वर्षका लागि रु  १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

१५ जेष्ठ २०७७, बिहीबार

पाेखरा ।  सरकारले आगामी आर्थिक वर्षका लागि रु  १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज  अर्थमन्त्री डा. युवराज खतिवडाले रु १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब […]

समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुन्छ : मेयर जिसी

१५ जेष्ठ २०७७, बिहीबार

तीर्थ केसी पोखरा ।  पोखरा महानगर पालिकाका मेयर मान बहादुर जिसीले  समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुने बताएका छन् । बिहिवार पाेखरामा गणतन्त्र दिवसको अवसर पारी मदन भण्डारी फाऊण्डेशन कास्कीले अायाेजना गरेकाे नयाँ बर्ष २०७७ काे भित्तेपात्राे विमाेचन गर्दै उनले साे कुरा बताएका  हुन् । मेयर जिसीले समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुने कुराको चर्चा […]

रोजगारी छाडेर तरकारी खेतीमा रमाउँदै युवा

१५ जेष्ठ २०७७, बिहीबार

–हरि बाँस्तोला पोखरा । विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा  तरकारीखेतीमा जुटेका छन् । खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले  लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारीखेती मार्फत सुन्दर भविष्यको खोजीमा लागेका हुन् । पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गाका दीपेन्द्र बाँस्तोला, ध्रुव कोइराला र […]

सरकारले अनलाइन पोर्टलहरूलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने

१५ जेष्ठ २०७७, बिहीबार

पोखरा । सरकारले अनलाइन पोर्टलहरूलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चालु आव वर्षमा नविकरण गर्न छुट भएका निजी, सामुदायिक र सहकारी क्षेत्रबाट सञ्चालित प्रसारण संस्थाले २०७७ पुष महिनासम्म इजाजत गर्दा लाग्ने  थप शुल्क र जरिवाना छुट दिइने बताए । यसअघि पत्रिका, रेडियो र टीभीलाईमात्रै […]

नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्याे

१५ जेष्ठ २०७७, बिहीबार

पोखरा । बिहिवार थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ  ।यस सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ। यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  सर्लाहीका […]

नागरिकको स्वास्थ्य रक्षामा गम्भीरताका साथ लाग्न सरकारलाई स्कूल अफ डेमोक्रेसीको सुझाव

१५ जेष्ठ २०७७, बिहीबार

    कास्की। बजेट घोषणाको पूर्वसन्ध्यामा स्कुल अफ डेमोक्रेसीले आम नागरिकको स्वास्थ्य रक्षामा गम्भीरताका साथ लाग्न सरकारलाई सुझाव दिएको छ । कोरोनाको महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण परीक्षण न्युन, संक्रमित संख्यामा बृद्धि र आधारभूत चेकजाँच समेत हुन नसकेको औल्याउँदै बजेटलाई महामारी केन्द्रित बनाउन आग्रह गरेको छ । देशविदेशमा रहेका बिभिन्न बिज्ञ, जनप्रतिनिधि, […]

स्याङ्जामा थपिए ३ जना काेराेना संक्रमित,स्याङ्जामा काेराेना संक्रमितकाे संख्या ५ पुग्याे

१५ जेष्ठ २०७७, बिहीबार

  कास्की । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।स्याङ्जा वालिङका २ पुरुष र १ महिलामा बिहिवार काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीका स्वास्थ निर्देशक डा.विनाेदबिन्दु शर्माले जानकारी दिए।उनका अनुसार २६ र २३ बर्षीय पुरुष र ३९ वर्षीया महिलामा काेराेना पाेजेटिभ देखिएको हाे। यसअघि मंगलबार वालिङका २ जना पुरुषमा […]