कास्कीका ८ जनामा काेराेना संक्रमण पुष्टि

१६ असार २०७७, मंगलवार

पाेखरा। मंगलबार बिहान कास्कीका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पाेखरा महानगर पालिकाका ३९,५३,३५,३०,३०,३६ बर्षीय पुरुष र २७ बर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। त्यसैगरी मादि गाउँपालिकाका ४२ बर्षिय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ […]

कास्कीका ८ सहित गण्डकीमा थपिए १७ जना संक्रमित

१६ असार २०७७, मंगलवार

पाेखरा। मंगलबार बिहान कास्कीका ८ सहित गण्डकी प्रदेशमा १७ जना नयाँ काेराेना संक्रमित थपिएका छन्। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ | प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा कास्कीका ८ सहित तनहुँका ५,स्याङ्जाका १,लमजुङका ३ जना व्यक्तिमा पनि काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय […]

थप ४७६ जनामा कोरोना संक्रमण,नेपालमा कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्याे

१५ असार २०७७, सोमबार

  पाेखरा । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।२९ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार १सय ३४ जना डिस्चार्ज भएका छन्।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन् :बैज्ञानिक पुष्टि र अनुसन्धान बिना कोरोना जन्तरको प्रयोग नगरौं

१४ असार २०७७, आईतवार

  जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो | यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ | जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी […]

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे भन्छन् : काठमाडौंमा संक्रमण कम हुनुका केहि कारण यस्ता छन्

१४ असार २०७७, आईतवार

  काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ | विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ | काठमाडौं उपत्याका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ | यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ | राज्यले पनि काठमाडौंमा सर्भे तथा परीक्षण गर्ने उत्सुकता देखाएको छैन | मेरो बिचारमा काठमाडौंमा […]

गण्डकीमा काेराेना संक्रमितको संख्या ७९२ पुग्याे

१२ असार २०७७, शुक्रबार

पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । शुक्रबार बिहान तनहु स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा कोरोना  संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरु थपिएका हुन् । तनहुँकाे व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाकाे कालीगण्डकीका १ पुरुष […]

रामदेवले बनाएको कोरोना निको पार्ने औषधि बारे यसो भन्छन् डा. रवीन्द्र पाण्डे

१० असार २०७७, बुधबार

योगगुरु रामदेव तथा आचार्य बालकृष्णको पतंजली योग तथा आयुर्बेद संस्थानले कोरोना संक्रमण ३-१५ दिनभित्र निको गर्ने दावीका साथ केहि औषधिको घोषणा गरेको छ | . पतंजली अनुसन्धान केन्द्र र NIMS युनिभर्सिटी, जयपुरको संयुक्त पहलमा भएको अनुसन्धानमा यी औषधिले ६५ % बिरामीलाई ३ दिनभित्र कोरोनामुक्त भएको तथा मृत्युदर शुन्य भएको बताइएको छ | स्याम्पल साइज सानो […]

पाेखराका थप ३ जना पुरुष र ४ जना महिलामा काेराेना संक्रमण पुष्टि

९ असार २०७७, मंगलवार

पाेखरा ।पाेखरा महानगरपालिकाका थप ३ जना पुरुष र ४ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।मंगलबार साँझ २२,२२,४० बर्षीय पुरुष र ५४,२२,२७,३४ बर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। उनीहरुलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनाेद विन्दु शर्माले जानकारी दिए

कास्कीका ७ सहित गण्डकीमा थप १०४ जनामा काेराेना संक्रमण पुष्टि

९ असार २०७७, मंगलवार

पाेखरा ।कास्कीका ७ जना सहित गण्डकीमा थप १०४ जनामा काेराेना संकम्रण पुष्टि भएको छ।मंगलबार साँझ थप १०४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

५३८ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुग्यो

९ असार २०७७, मंगलवार

पाेखरा।पछिल्लो २४ घण्टामा थप ५३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ भने २२२४ जना निकाे भएका छन् ।