प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई, प्रेस चौतारी पत्रकारिता सम्मान  मीना गुरुङ र हुम गुरुङलाई 

१६ माघ २०८०, मंगलवार

    पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान […]

गण्डकीका पर्यटकीय स्थलको ब्रान्डिङ ,बजारीकरण तथा सञ्चार रणनीति  निर्माण तथा कार्यान्वयनका विषयमा  पालिकास्तरीय छलफल  

१३ माघ २०८०, शनिबार

    पोखरा  ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय- गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरामा “स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला ” शुरु भएको छ […]

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ : प्रमुख रेनु दाहाल

१३ माघ २०८०, शनिबार

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभएको छ । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गर्नुभयो । महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, […]

वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट

८ माघ २०८०, सोमबार

    पोखरा / इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिलको नयाँ अफर ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । ४,४९९ […]

भोली देखि पर्यटकीय गाउँ सिक्लेसमा हुने सिनेमा संवाद कार्यक्रमको  तयारी पूरा

५ माघ २०८०, शुक्रबार

पोखरा  ।  चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए । उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । […]

ढुँङ्गेसाँघु मेला भव्यता पूर्वक सम्पन्न

१ माघ २०८०, सोमबार

  पोखरा ।  परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक ढुँङ्गेसाँघु मेला भव्यता पूर्वक सम्पन्न भएको छ । हरेक वर्ष माघेसक्रान्तिको दिन पोखरा १७ ढुँङ्गेसाँघुमा हुँदै आएको उक्त मेला यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न भएको हो । यसअघि मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले यसको ऐतिहासिकताको संरक्षण गर्दै […]

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा  स्मृति  स्तम्भ

१ माघ २०८०, सोमबार

पोखरा ।   २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा गरिएको छ । दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको छ । स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी […]

प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा  सम्पन्न

१ माघ २०८०, सोमबार

पोखरा । प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले  सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने […]

पोखरा महोत्सवमा  समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले लिए  भरपुर मनोरञ्जन 

१ माघ २०८०, सोमबार

    पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्विर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा […]

चौथो टाइगर कपको सम्पूर्ण तयारी पुरा,आज  हुने उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने

१ माघ २०८०, सोमबार

पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत […]