ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी.
ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण सावित हुनसक्छ । माथिल्लो पुस्ताका कुनै पनि ज्येष्ठ नागरिकको सेवा गरेर आशीर्वाद स्वरूप उनीहरूमा भएका जीवन र जगत् सम्बन्धी अथाह ज्ञान ग्रहण गरी त्यसका लागि जीवनका यावत कर्म गर्दागर्दै अलिकति समय निकालेर ज्येष्ठ नागरिकको सेवा गर्नुपर्छ । आजको लेखमा ज्येष्ठ नागरिकको मानवअधिकारको सवाललाई उठान गर्न खोजेको छु ।
ज्येष्ठ नागरिकको हक अधिकारको संरक्षण सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको नै हुन्छ । राज्यले जष्ेष्ठ नागरिकको हक अधिकारका लागि कानूनी, प्रशासनिक, न्याययिक लगायतका उपायहरुको अवलम्वन गर्नुपर्छ । त्यसैगरी व्यक्ति, समुदाय एवं घरपरिवारको पनि उत्तिकै दायित्व नागरिकको कर्तव्य अन्तर्गत आउँछ । स्थानीय तहले नीति र कार्यक्रम मार्फत सम्वोधन गर्नु पर्छ । ज्येष्ठ नागरिकलाई लालन पालन नगरेको, घरबाट निकालिएको सम्वन्धी उजुरीको छिनोफानो गर्नुपर्छ राज्यले ज्येष्ठ नागरिक उपर हुने हेला, दुव्र्यवहार हिसा लगायतको उजुरी संयन्त्र निमार्ण गर्नु, पीडितलाई क्षतिपूर्ति, परिवारीक मिलन, पुर्नस्थापना, असहाय, बेसहारलाई खाने बस्ने प्रवन्ध मिलाउनु पर्छ, असहाय, अशक्त, अनाथ र बृद्धाअवस्थाले ग्रस्त भएका व्यक्तिको स्याहार सुसार गर्नु हरेक परिवारका सदस्यहरुको दायित्व भित्र पर्दछ । तर पछिल्लो समय धेरै ज्येष्ठ नागरिकहरु अलपत्र परेका घर छोडेर हिडेका घटनाहरु बाहिर आइरहेका छन् ।
बुवाआमाले सन्तान सानो छँदा हातमा समाएर डोर्याउदै स्कुल पुर्याउथे, अहिलेका सन्तानले आफ्ना बृद्ध बाआमालाई डोर्याएर जवरजस्ती बृद्धआश्रममा पुर्याउने, अस्पताल लगेर अलपत्र पारेर छोड्ने, घुम्न जाउँभनी जंगलमा अलपत्र छाडेर भाग्ने जस्ता घटनाहरु बाहिर आइरहेका छन् । भने घशारिरीक तथा मानसिक यातना र व्यवहरले गर्दा ज्येष्ठनागरिकहरु घर छोडेर हिडेका घटनाहरु पनि बाहिर आइरहेका छन् । हामीभित्र मानवता हराइरहेको छ । आफ्ना बुबा आमा र अग्रजहरुको सम्मान गर्नु भनेको आफ्ना भावी सन्ततिलार्ई आपूmभन्दा ठूलाको सम्मान गर्नुपर्छ भनेर सिकाउनु भन्ने कुराई विर्षिएको छ, आधुनिकताका नाममा छाडातन्त्र मौलाएको छ आखिर कहिलेसम्म यस्तो सहनुपर्छ ज्येष्ठ नागरिकले प्रश्न अनुत्तरित छ ।
हामीले हाम्रा घरपरिवार तथा समाजका ज्येष्ठ नागरिकको सेवा गरेनौँ र तिनीहरूलार्ई हेलाहोचो गरेर राख्यौं भने हाम्रा सन्ततिले पनि त्यही पाठ सिक्नेछन हामीले पाउने व्यवहार पनि त्यस्तै रहने छ ् भन्ने विषयलाई हामी विर्षिएका छौ । सकिन्छ भने समाजका पाकापुष्ता बुबाआमाको सेवा र सम्मान गरौं । यदि सकिँदैन भने पनि आफ्नो घरपरिवारका वृद्ध बुबाआमाको सेवा गरेर उनीहरूलार्ई हाँसीहाँसी जीवनलीला समाप्त पार्न सहयोग गरौँ । यदि त्यति पनि सकिँदैन भने कम्तीमा ज्येष्ठ नागरिकलार्ई नरुवाऔँ । ज्येष्ठ नागरिकको सेवा नै सबैभन्दा ठूलो समाजसेवा हो ।
नेपालमा ६० वर्षमाथि उमेर समूहका नागरिकहरुलाई जेष्ठ नागरिक भनिन्छ । नेपाल सरकार महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयले वि.स. २०६३, मा नेपाल ज्येष्ठ नागरिक ऐन कार्यन्वयनमा ल्याएको थियो । उतm ऐन अनुसार ६०, वर्ष र सो भन्दा माथिका मानिसलाई ज्येष्ठ नागरिक भनि परिभाषित गरिएको छ । जेष्ठ नागरिकको अर्थ उमेरमा जेष्ठ हुनु तथा ज्ञान, अनुभव र सिकाइको भण्डारले भरिपूर्ण हुनु, समाजका मार्गदर्शक,आर्दशका प्रतिक हुन । जेष्ठनागरिक घरपरिवार, समाज र देशका अभिभावक हुन । आजका बालबालिका भोलिका ज्येष्ठ नागरिक हुन् । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र,सन् १९४८ ले हरेक व्यक्तिको भेदभाव रहित बातावरणमा मर्यादित जीवन सहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । उक्त दस्तावेजले आत्मासात गरेका मानवअधिकार सिद्धान्त र मुल्य मान्यताका आधारमा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध,सन् १९६६ एवं आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी सन् १९६६ लगायत मानवअधिकार सम्बन्धी विभिन्न महासन्धीहरु पनि संयूक्त राष्ट्र संघले तर्जुमा गरिसकेको छ ।
विश्वमा रहेको ज्येष्ठ नागरिकको जनसङ्या हेर्ने हो भने संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या विभागको तथ्याड्ढ अनुसार विश्वको जनसङ्ख्याको १३.५ प्रतिशतभन्दा माथि ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या रहेको उल्लेख छ । विश्वमा रहेका ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो क्रममा छ । जस्तै प्रतिसेकेन्ड २ जना ज्येष्ठ नागरिकले आफ्नो ६०औँ जन्म दिन मनाउँछन् । यस्तो परिस्थितिमा अबको ३१ वर्ष वा सन् २०५० पछि विश्वको कुल जनसङ्ख्याको २२ प्रतिशत जनसङ्ख्या ज्येष्ठ नागरिकहरूको हुने सिधै अनुमान गर्न सकिन्छ । त्यो जनसङ्ख्या १५ वर्षमुनिको उमेर समूहभन्दा ६० वर्षको उमेर समूहको जनसङ्ख्या धेरै हुनेछ । नेपालमा पनि वि.सं. २०५८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या कुल जनसंख्याको ६.५ प्रतिशत थियो भने वि.सं. २०६८ मा त्यो ८.१३ प्रतिशत पुग्यो । हाल नेपालमा ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको कुल जनसंख्या ३० लाखभन्दा बढी रहेको छ ।
ज्येष्ठनागरिकको सम्बन्धमा पनि वर्तमान समयमा निकै समस्याहरू देखिन थालेका छन् । यस्तो हुनुमा रूपमा ज्येष्ठ नागरिक सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनु, राष्ट्रिय प्रतिबद्धताको कमी हुनु, ज्येष्ठ नागरिकबारे स्पष्ट नीति तथा कार्यक्रम नहुनु, ज्येष्ठ नागरिक तथा अशक्तको उचित संरक्षणको कमी हुनु पनि ज्येष्ठ नागरिकको प्रमुख समस्याका रूपमा देखिएको छ । यसका साथसाथै ज्येष्ठ नागरिकको सम्मान बढाउनका लागि प्रचार प्रसार कम हुनु, नीति तथा कार्यक्रमको कमजोर कार्यान्वयन हुनु, ज्येष्ठ नागरिकका लागि अपर्याप्त सेवा तथा सुविधा हुनु, ज्येष्ठ नागरिकको पुनस्र्थापना पर्याप्त नहुनु, ज्येष्ठ नागरिकको आर्थिक सशक्तीकरणका लागि आर्थिक कार्यक्रम सञ्चालन नहुनु, ज्येष्ठ नागरिकको मनोरञ्जनका लागि गाउँटोलमा क्लब तथा संस्थागत व्यवस्था नहुनु भएपनि पनि सक्रिय नहुनु, जस्ता समस्याहरु हुनु अस्पतालहरुमा ज्येष्ठ नागरिक हेर्ने जेरेरेटिक्स वार्ड नहुनु, निशुल्क भनिएका औषधी सहज रुपमा प्राप्त नहुनु, भौतिक संरचनाहरु ज्येष्ठ नागरिकमैत्री नहुनु, स्थानीय सरकारका प्रतिनिधिहरु ज्येष्ठ नागरिकका अधिकारको सवालमा अनविज्ञ हुनु, पाठ्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धी यथेष्ठ सामाग्रीहरु नहुनु, ज्येष्ठ नागरिकहरू दिन–दिनै एक्लिँदै जानु, अपहेलित जीवन बिताउन बाध्य बन्दै गएका हुनु, दुरव्यवहार भएका घटनाको सन्दर्भमा उजुरीहरु दिन नसक्नु, गाउँगाउँ र बस्ती–बस्तीबाट युवाहरू सहर वा विदेशतर्फ पलायन हुन, देश र समाजका लागि पसिना बगाए पनि बुढेसकालमा स्वास्थ्य सेवा, खाना, छाना र नानाको उपयुक्त प्रबन्ध नहुनु, ज्येष्ठ नागरिकको सवालमा राज्य, नागरिक समाज र दातृ निकाय कसैको पनि प्राथमिकता क्षेत्रमा पर्न नसक्नु, जस्ता समस्या जेलिएका छन् ।
नेपालका सबै नागरिकहरूलार्ई समानता, स्वतन्त्रता र आत्मसम्मान जस्ता मानव अधिकार सम्बन्धी विषयको प्रत्याभूति गराउन नेपालको अन्तरिम संविधान, २०७२, राष्ट्रिय कानुनहरू तथा नेपाल पक्षराष्ट भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीहरुको कार्यान्वयन नभई राज्यको सेवा र सुविधाको पहुँचबाट पाखा लगाइनु विडम्बनाको विषय हो । ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण सम्ंवद्र्धन र परिपूर्ति गर्ने दायित्व राज्यको भएकाले त्यसको अनुभूति गर्ने गरी कार्यान्वयन गर्न जरुरी छ ।
यस्तो समस्या भोग्नेमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने मात्र होइन, सहरी क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको स्थिति पनि दयनीय छ । बढ्दो आधुनिकता र प्रविधिले गर्दा घरभित्रकै युवापुस्ता र बालबालिकाहरूसँगको हजुरबा, हजुरमाको सम्बन्ध टाढिँदै गएको छ । अझ धेरैजसो युवा–युवतीहरू उच्च शिक्षा तथा गुणस्तरीय शिक्षा र राम्रो कामका लागि घर–परिवार छाडेर बाहिरिनुपर्ने बाध्यता पनि छ । यसले गर्दा पनि उनीहरूले आफ्ना बाबुआमाको राम्रो हेरचाह गर्न र सँगै बस्न नपाउने स्थिति छ । फलस्वरुप बृद्ध बाबुआमाहरूले नितान्त एक्लिएको महसुस गर्ने, एक्लै–एक्लै बसेर जीवन गुजारा गर्नुपर्ने हुन्छ । अझ हातखुट्टा राम्रोसँग नचल्दा र शरीरको राम्रो हेरचाह नपुग्दा आवश्यक काम पनि गर्न नसक्ने जस्ता अनेक मानसिक तथा शारीरिक तनावहरू उत्पन्न हुने गर्छन् । कतिपय ज्येष्ठ नागरिकले काम गरिरहे पनि उनीहरूले काम अनुसारको पारिश्रमिक नपाएको गुनासाहरु सुनिन्छ । गाउँघरमा जस्तो सहरी क्षेत्रका पाका व्यक्तिहरू उत्पादनशील काममा लाग्ने गरेको कमै पाइन्छ । घरभित्रको काम गरे पनि आम्दानीमूलक काम उनीहरूसँग हुँदैन, जसले गर्दा आफूले खर्च गर्न मन लागेको बेला खर्च गर्न पैसा पाउँदैनन् । यसरी सहरमा बस्ने ज्येष्ठ नागरिकहरू पनि अनेक समस्याले जेलिएका छन् ।
यी माथिका समस्याहरु सम्बोधन गर्नका लागि तीनै तहका सरकारले लोककल्याणकारी अवधारणा आधारित होइन अधिकारमुखी अवधारणाका अवलम्बन गर्नुपर्ने, ज्येष्ठ नागरिकको सम्बन्धमा पनि ज्येष्ठ नागरिक सम्बन्धी स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने, बनेका ऐन कानूनहरुको कार्यान्वयनका लागि राष्ट्रिय प्रतिबद्धता हुनुपर्ने, ज्येष्ठ नागरिकबारे स्पष्ट नीति तथा कार्यक्रम हुनुपर्ने, ज्येष्ठ नागरिक तथा अशक्तको उचित संरक्षणको कमीको व्यवस्था राज्यले गर्नुपर्ने, यसका साथ साथै ज्येष्ठ नागरिकको सम्मान बढाउनका लागि प्रचार प्रसारलाई प्रभावकारी बनाइनुपर्ने, ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमहरु तय गर्नुपर्ने, ज्येष्ठ नागरिकका लागि अपर्याप्त सेवा तथा सुविधाको व्यवस्था गरिनुपर्ने, ज्येष्ठ नागरिकको पुनस्र्थापनामा जोड दिनुपर्ने, ज्येष्ठ नागरिकको आर्थिक सशक्तीकरणका लागि आर्थिक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने, ज्येष्ठ नागरिकलाई मनोरञ्जनका लागि गाउँटोलमा क्लब तथा संस्थागत व्यवस्थापनमा जोड दिनुपर्ने, अस्पतालहरुमा ज्येष्ठ नागरिकहरुलाई हेर्ने छुट्टै जेरेरेटिक्स वार्डको व्यवस्थापन गर्नुपर्ने, निशुल्क भनिएका औषधीहरु सहज रुपमा प्राप्त गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने, ज्येष्ठ नागरिकमैत्री भौतिक संरचनाहरुको निर्माण गर्नुपर्ने, ज्येष्ठ नागरिकका अधिकारको सवालमा स्थानीय सरकारका प्रतिनिधिहरुलाई प्रशिक्षितगरी सक्रिय बनाउनुपर्ने, विद्यालयस्तरको पाठ्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धी यथेष्ठ सामाग्रीहरुको व्यवस्थापनका लागि विशेष गरेर ७ सय ५३ वटै स्थानीय सरकार, ७ वटै प्रदेश सरकार र संघिय सरकारले संवेदनशिल भएर अगाडी बढनुपर्ने, दिन–दिनै एक्लिँदै गएका ज्येष्ठ नागरिकका निम्ति सरकारले अनुभूति गर्ने गरी काम गर्नुपर्ने, अपहेलित जीवन विताउन बाध्य भएका र दुरव्यवहार खेपेका ज्येष्ठ नागरिकको सन्दर्भमा सहज रुपमा उजुरी दिने र साक्षी सुरक्षा सहज वातावरण मिलाउनुपर्ने, देश र समाजका लागि पसिना बगाए पनि बुढेसकालमा स्वास्थ्य सेवा, खाना, छाना र नानाको उपयुक्त प्रबन्ध मिलाइदिनुपर्ने, ज्येष्ठ नागरिकको सवाललाई राज्य, नागरिक समाज र दातृ निकायको प्राथमिकताको क्षेत्रमा पर्नुपर्ने जस्ता कुराहरुलाई ध्यान दिन सकेमा ज्येष्ठ नागरिकको अधिकार स्थापित हुन सक्छ यसका लागि तीन तहका सरकार, घर परिवार,व्यक्ति समाज सबैको उत्तिकै संवेदनशिल हुनुपर्छ
निष्कर्षमा भन्नुपर्दा ज्येष्ठ नागरिक परिवारका मार्गदशक व्यक्तित्व हुन् । उनीहरूको जीवनको महत्वपूर्ण समय घरपरिवार, समाज तथा राष्ट्रका लागि खर्चिइसकेको हुन्छ । उनीहरूसँग सीप, ज्ञान र लामो अनुभव हुन्छ । जति पनि ज्येष्ठ नागरिक छन् त्यति नै उनीहरुलाई परिवारको माया, ममता, सम्मान तथा जिम्मेवारी आवश्यक पर्छ । किनकि उनीहरूको योगदानले नै हामी यो अवस्थामा पुग्न सफल भएका छौं । यसर्थ ज्येष्ठ नागरिकलाई हाम्रो जीवनको आधारका रुपमा बुझ्नुपर्छ । कुनै पनि विषयको उन्नति गर्न तथा त्यसलाई पूर्णता दिन त्यस सम्बन्धी इतिहासको ज्ञान जरुरत पर्छ, जसको भण्डार हाम्रा ज्येष्ठ नागरिकसँग हुन्छ । उनीहरुसँग भएका ज्ञान, सीप तथा अनुभव प्राप्त गरेर नयाँ पुस्तामा हस्तान्तरण गरी ज्येष्ठ नागरिकलाई परिवारको मूल व्यक्तिका रूपमा सम्पूर्ण जिम्मेवारी दिनुपर्छ र, सम्मानका साथ परिवारमा राख्नुपर्छ । ज्येष्ठ नागरिकका श्रमलाई बेवारिसे अवस्थामा नपु¥याई आफ्नो घरपरिवारमा सहज रूपमा बस्ने वातावरण बनाउनुपर्छ । राज्यले उनीहरूका समस्या पहिचान गरी व्यवस्थापन गर्ने र उनीहरुका ज्ञान, सीप र अनुभवहरुलाई सम्बोधन गरी पुस्ता हस्तान्तरणमा ध्यान दिन सके ज्येष्ठनागरिकको सम्मान हुनेछ ।

Leave a Reply