अमेरिकामा मृत्युदण्ड

१४ कार्तिक २०७५, बुधबार

  वासिङ्टन,  रासस एएफपी अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको […]

लागुऔषधसहित दुई जना पक्राउ

१४ कार्तिक २०७५, बुधबार

परासी, पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले […]

पोखरामा तिहार नआउँदै फूल फूलेपछि समस्या,क्यालेन्डर हेरेर फुल रोप्न सुझाब

१४ कार्तिक २०७५, बुधबार

  पोखरा,  तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको […]

आइटियुको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री दुबईतर्फ

१३ कार्तिक २०७५, मंगलवार

  काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन आइटियुको सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्सयुएइको दुबईतर्फ आज अपराह्न प्रस्थान गर्नुभएको छ । सम्मेलनमा विश्वभरिबाट आइटियुका सदस्य राष्ट्रका मन्त्री, सचिव तथा उच्चतहका नीतिनिर्माताको सहभागिता रहने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो । चार वर्षको अन्तरालमा हुने उक्त सम्मेलनले आगामी चार वर्षका लागि अख्तियार गर्ने […]

क्यान्सर, कमिशन र बा

१३ कार्तिक २०७५, मंगलवार

बैकुण्ठ ढकाल नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित रुपमा मरिरहेका छन । यो मराई हुनेखानेहरुको संख्या ठूलो छ । त्यसका पछाडिका कारणहरु धेरै […]

वायु प्रदुषणका कारण बर्षेनी छ लाख बालबालिकाको मृत्यु

१३ कार्तिक २०७५, मंगलवार

  जेनेभा, रासस÷एएफपी०  हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ । संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास […]

सूचना उपलब्ध नगराएको भन्दै काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

१३ कार्तिक २०७५, मंगलवार

काठमाडौँ,  आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराउनुभएको छ । सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराउनुभएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ […]

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार

१३ कार्तिक २०७५, मंगलवार

, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।उपचारमा संलग्न  निजी चिकित्सक डा। दिव्या सिंह शाहले सोमबार भन्दा मंगलबार निकै सुधार देखिएको बताइन । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको थियो । उनका अनुसार प्रधानमन्त्री ओलीको सोमबार भन्दा मंगलबार स्वास्थ्य सुधार हुदै गएको छ  , ‘अघिल्लो […]

वडाध्यक्षमाथि आक्रमण,

१३ कार्तिक २०७५, मंगलवार

  सर्लाही,  रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उहाँले बताउनुभयो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उहाँको बायाँ खुट्टा भाँच्चिएको छ । उहाँको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको […]

एयर एशिया, बक्यौता नतिरी सेवा बन्द

१२ कार्तिक २०७५, सोमबार

मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको १३ करोड रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गएको असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । एयर एशियाले […]