दुई महीनामा स्मार्ट कार्ड पाइने

६ कार्तिक २०७५, मंगलवार

काठमाडौं । यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाखभन्दा बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र […]

सिफारिस कार्यान्वन नगर्नेको नालीबोली निकल्दै मानब अधिकार आयोग

६ कार्तिक २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएपछि आयोग स्वयंले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको सदस्य सुदीप पाठकले जानकारी दिनुभयो । मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही […]

उपप्रधानमन्त्री पोखरेल चीन भ्रमणमा

६ कार्तिक २०७५, मंगलवार

प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी […]

१७ वर्षकी किशोरीको सामूहिक बलात्कार

६ कार्तिक २०७५, मंगलवार

६ कात्तिक, रौतहट । दशैंको अवसरमा मेला हेर्न गएकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी  किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।  आइतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्या।इदिने भन्दै नहरको डिलमा पुर्या एको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू […]

विवाह भएको दुईहप्ता पनि नपुग्दै दुलही रूपा थापा मगरको दुर्घटनामा परि ज्यान गयो

६ कार्तिक २०७५, मंगलवार

  पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले  जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज […]

मकालु यातायातमा आगो लाग्यो

६ कार्तिक २०७५, मंगलवार

युबराज रेग्मी झापा झापाको काकडभिट्टाको एक ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा आफ्नै गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो । बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर […]

शेयर बजार सामान्य अङ्कले घट्यो

६ कार्तिक २०७५, मंगलवार

  काठमाडौँ,  धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार […]

आन्तरिक पर्यटकले भरियो पोखरा

६ कार्तिक २०७५, मंगलवार

  –वासुदेव पौडेल पोखरा,  पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई […]

‘मन्त्री केशव स्थापितको यौन प्रस्ताव स्वीकार नगर्दा जागिर गयो’ –रश्मिला प्रजापती

६ कार्तिक २०७५, मंगलवार

‘ काठमाडौं । प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेको छ । उनी मेयर भएका बेलामा जागिर टिकाउन एक संचारकर्मीलाई यौन प्रस्ताव गरेको खुलासा भएको हो । विश्वभर सामाजिक संजालमा सुरु भएको ‘मी टु’ अभियानले नेपालमा पनि प्रवेश पाउने क्रममा पत्रकार रश्मिला प्रजापतीले […]

हिन्दू धर्ममाथिको हस्तक्षेप रोक्नुपर्नेमा जोड

५ कार्तिक २०७५, सोमबार

  तनहुँ,  व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ । कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म चल्नेछ । पर्वमा काठमाडौँ, कास्की, बर्दिया, गोरखा, नवलपरासी, छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशलगायतबाट धार्मिक अभियानकर्मीको आगमन भइसकेको पर्वका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले जानकारी दिनुभयो । […]