केसीको मागमा ऐक्यबद्धता जनाउँदै १२ पेशागत संघसंगठनको प्रदर्शन

१७ माघ २०७५, बिहीबार

काठमाडौं,लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन । केसीको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरुले बिहिबार राजधानीमा बृहत प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा […]

महिलाको हकअधिकार कार्यान्वयन भइरहेको छ: कानूनमन्त्री

१७ माघ २०७५, बिहीबार

    काठमाडौँ,कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले महिलाका लागि बनाइएका कानून कार्यान्वयन भइरहेको बताउनुभयो । हिमालयन लयर्सले ओमन याक्टको सहकार्यमा आज आयोजना गरेको राष्ट्रिय नीतिगत संवादमा ‘नागरिकता र महिलाको कानूनी अधिकार’ विषयक कार्यक्रममा मन्त्री ढकालले महिलाको हितका लागि थप कानून बनिरहेको जानकारी दिनुभयो । “महिलाका लागि बनेको कानून कार्यान्वयनका लागि मन्त्रालय सकारात्मक छ”, […]

नेपाली काङ्ग्रेसको अवरोधबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित

१७ माघ २०७५, बिहीबार

    काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गर्नुभएको थियो । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई […]

निजी–सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन : पुष्पकमल दाहाल ‘प्रचण्ड’

१७ माघ २०७५, बिहीबार

  वालिङ, पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । नेकपा अध्यक्ष दाहालले भन्नुभयो, “देशभित्रै व्यवसायीहरु सुरक्षित भएनन् भने विदेशी […]

देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै आउँदैन : प्रधानमन्त्री ओली

१७ माघ २०७५, बिहीबार

  दमक,  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन […]

बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण

१७ माघ २०७५, बिहीबार

    काठमाडौँ, नेपाल राष्ट्रिय व्यवसाय महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोवारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैंक तथा वित्तीय क्षेत्रले लिँदै आएको ब्याज झण्डै दोब्बर बनाएकोमा उद्योगी व्यवसायी […]

रु ८० हजारसहित नौ जुवाडे पक्राउ

१७ माघ २०७५, बिहीबार

    साँखु, काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]

पोखरामा प्रहरी र नेबिसंघका विद्यार्थी बिच झडप हुँदा ४ जना घाईते

१६ माघ २०७५, बुधबार

  पोखरा ।पोखराको पृथ्वीनारायण क्याम्पस गेट परिसरमा प्रहरी र नेपाल बिद्यार्थीसंघका विद्यार्थी   बिच  झडप भएको छ ।। झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मुलुकमा बढ्दै गएको हत्या, हिन्सा, बलात्कार, भ्रष्टाचार, महँगाईलाई रोकन वर्तमान सरकार अस्क्षम सावित हुँदै गएको […]

गलत सूचना दिने पक्राउ

१६ माघ २०७५, बुधबार

  काठमाडौँ, : आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ । गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली कमलामाई नगरपालिका घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा […]

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ – प्रधानमन्त्री ओली

१६ माघ २०७५, बुधबार

  काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता […]