पोखरा महानगर–३ मा मेलमिलाप केन्द्र स्थापना

१६ फाल्गुन २०८०, बुधबार

पोखरा। पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी […]

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

१६ फाल्गुन २०८०, बुधबार

पोखरा ।एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र […]

नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने

१४ फाल्गुन २०८०, सोमबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताउनुभयो । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन […]

पोखरा आदर्श सेकेन्डरी स्कुलमा रजत जयन्ती समारोह सम्पन्न

१४ फाल्गुन २०८०, सोमबार

  पोखराको  बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा रजत जयन्ती समारोह , वार्षिकोत्सव , अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो। विद्यालय संचालक समितिका अध्यक्ष  कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त रजत जयन्ती कार्यक्रमको प्रमुख अतिथिका रूपमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल रहेका थिए । समारोहमा प्रमुख अतिथि अर्यालले मानव जीवनमा ब्यावहारिक […]

गजल सन्ध्या पोखराको नेतृत्वमा मन क्षेत्री

१३ फाल्गुन २०८०, आईतवार

पोखरा ।नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको […]

कामना टोल बिकास संस्थाद्धारा पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरु सम्मानित

१३ फाल्गुन २०८०, आईतवार

  पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल बिकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ , सीमा गुरुङ र अमृता […]

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरिता गुरुङलाई दीर्घ सेवा पदक

१३ फाल्गुन २०८०, आईतवार

    अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।   कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा […]

सबलाइम माविको २८ औं वार्षिकोत्सव

१३ फाल्गुन २०८०, आईतवार

पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए । आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले […]

कास्कीका एसपी मोहनकुमार थापा पुरस्कृत

५ फाल्गुन २०८०, शनिबार

  कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश सरकारले सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् […]

साहित्यकार लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

५ फाल्गुन २०८०, शनिबार

पोखरा। साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा […]