संविधान कार्यान्वयनमा कर्मचारीको भूमिका मूख्य हुने :महेश बस्नेत

१४ मंसिर २०७५, शुक्रबार

  काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले विकास निर्माण गर्न तथा देशलाई समृद्ध बनाउन जो कोहीका लागि कार्यगत शुद्धता र नैतिक बल नै मानवीय सम्पत्ति हुने बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास समिति, एकिकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै सांसद बस्नेतले देशलाई विकसित र परिस्कृत […]

२१ वर्षीय युवतीको दाइजो नदिएको निहुँमा हत्या

१४ मंसिर २०७५, शुक्रबार

    जितपुर, कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् । बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन् । डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते […]

हावाबाट बिजुली निकाल्ने तयारी

१४ मंसिर २०७५, शुक्रबार

धनबहादुर ठाडा (मित्याल)   पाल्पा निस्दी गाउँपालिका वडा न. ४ मित्यालमा २५ किलोवाट क्षमताको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । बैकल्पिक उर्जा प्रवर्धन केन्द्र नेपाल र निस्दी गाउँपालिका मित्यालको संयुक्त लगानीमा बिजुली उत्पादन गर्न लागिएको हो । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा हावामा पंखा घुमाएर निकालिने बिजुलीको अहिले तिब्र गतिमा काम भइरहेको छ । २५ किलोवाट क्षमताको […]

१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली, यस्तो रह्यो पहिलो अनुभव !

१४ मंसिर २०७५, शुक्रबार

      प्रेममा उमेरको अन्तरले कुनै अर्थ राख्दैन भन्ने मान्यतालाई अमेरिकाको एक जोडीले सत्य सावित गरिदिएको छ ।   १९ वर्षका एक युवकले आफूभन्दा ५३ वर्ष जेठी महिलासँग बिहे गरेका छन् । हजुरआमा उमेरकी महिलासँग बिहे गरेका उनले आफ्नो पहिलो सेक्स अनुभवका बारेमा खुलेर बताएका छन् । गेरी हार्डविक र अलमेडा बीच दुई वर्षअघि […]

महिलालार्इ यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ

१४ मंसिर २०७५, शुक्रबार

कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड […]

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

१४ मंसिर २०७५, शुक्रबार

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै […]

हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

१४ मंसिर २०७५, शुक्रबार

प्रायः अशान्त भइरहने अफगानिस्तानको दक्षिणी प्रान्त हेलमन्डमा मङ्गलबार भएको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु भएको छ । मारिएका यी सर्वसाधारणमा १० बालबालिका र आठ महिला रहेका छन् । अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघ मिसनले शुक्रबार सो जानकारी दिएको छ । हेलमन्ड प्रान्तको गर्मसेर जिल्लामा तालिबान लुकेर बसेको आशंकामा सरकारी सुरक्षाफौजले गरेको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु […]

श्रीलङ्का मन्त्रालयहरुको खर्च कटौती

१४ मंसिर २०७५, शुक्रबार

श्रीलङ्काको संसदले मन्त्रालयहरुको खर्च कटौतीको प्रस्ताव शुक्रबार पारित गरेको छ । संसदका बहुसंख्यक सांसदले सो प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिद्वारा मनोनित प्रधानमन्त्री महेन्दा राजापाक्षेको कार्यालयको खर्च कटौती गरेको भोलिपल्ट संसदले मन्त्रालयहरुको खर्च कटौती गरेको हो । संसदको यो निर्णयसँगै राजापाक्षे सरकारमाथि संसदको नियन्त्रण बढ्दै गएको छ भने सरकारलाई […]

मध्य अफ्रिकामा १५ लाख बालबालिकालाई सहयोगको आवश्यकता ः राष्ट्रसङ्घ

१४ मंसिर २०७५, शुक्रबार

मध्य अफ्रिकी गणतन्त्रका दुई तिहाइ बालबालिकालाई आधारभूत मानवीय सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । गरिब मुलुकको ‘उपेक्षित’ सङ्कट थप खराब अवस्थामा पुगेको चेतावनी दिँदै राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत निकाय यूनिसेफले भनेको छ, “सन् २०१६ मा आधारभूत सहयोगको आवश्यकता रहेका बालबालिका तीन लाख रहेकोमा सन् २०१८ मा यो सङ्ख्यामा पाँच गुणा बढेर […]

कोप २४ : जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेला

१४ मंसिर २०७५, शुक्रबार

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षहरुको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको काटबिचेमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म आयोजना हुने भएको छ । विश्वका १९६ मुलुकका राजनीतिज्ञ, गैरसरकारी संस्था, अध्ययन संस्था तथा व्यावसायिक क्षेत्रका प्रतिनिधि गरी करीब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा […]